कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बैतडीमा कांग्रेसको सभामा आक्रमण

तृप्ति शाही

बैतडी — जिल्लाको डिलाशैनी गाउँपालिकाको पंसेरामा आयोजित कांग्रेसको सभामा आक्रमण भएको छ ।

डिलाशैनी गाउँपालिकाको पंसेरामा आयोजित आमसभामा आएको एक समूहले कार्यक्रममा विवाद सुरु गर्दा सामान्य झडप भएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीले बताए । उनका अनुसार झडपमा २ जना सामान्य घाइते भएका भएका छन् । कार्यक्रममा कांग्रेसका नेता एनपी साउद सहभागी थिए ।

घटनाबारे बुझ्न जिल्ला प्रहरी प्रमुख नारायण अधिकारी घटनास्थल जाँदै छन् ।

प्रकाशित : फाल्गुन ४, २०७७ १७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?