कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८५

ट्याक्टर दुर्घटनामा एकको मृत्यु, दुई घाइते

तृप्ति शाही

बैतडी — ट्याक्टर दुर्घटना हुँदा बैतडीमा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । सिगास गाउँपलिका–९ बाजपानीमा भएको ट्याक्टर दुर्घटनामा बझाङको बित्थडचीर गाउँपालिका–४ का ४० वर्षीय जितबहादुर बोहराको घटनास्थलमै मृत्यु भएको बैतडी प्रहरीले जनाएको छ ।

ट्याक्टर दुर्घटनामा एकको मृत्यु, दुई घाइते

धनगढीबाट बझाङतर्फ गइरहेका अन टेस्ट ट्याक्टर सोमबार बिहान जयपृथ्वी राजमार्गमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीले बताए ।

घटनामा चालक बझाङको बित्थडचीर गाउँपालिका–५ का ३२ वर्षीय नरेन्द्र महरा र बित्थडचीर गाउँपालिका–४ का २० वर्षीय कृष्ण बोहरा घाइते भएको उनले बताए । घाइतेलाई डडेल्धुरा अस्पताल पठाइएको छ ।

प्रकाशित : पुस २०, २०७७ १५:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?