कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

जेष्ठ नागरिकलाई नि:शुल्क आयुर्वेद सेवा

डीबी बुढा

जुम्ला — जेष्ठ नागरिकले नि:शुल्क आयुर्वेद उपचार सेवा पाएका छन् । चन्दननाथ नगरपालिका-५ स्थित जेष्ठ नागरिकसंगको कार्यालयमै आयुर्वेद फार्मेसी स्थापना गरेर आयुर्वेद सेवा नि:शुल्क दिन थालिएको हो । धेरै जसो जेष्ठ नागरिक कार्यालयमै आउने भएकोले सोही ठाउँमा आयुर्वेद सेवा उपलब्ध गराइएको आयुर्वेद स्वास्थ्य केन्द्र जुम्लाका प्रमुख नन्दप्रसाद न्यौपानेले जानकारी दिए । 

जेष्ठ नागरिकलाई नि:शुल्क आयुर्वेद सेवा

उनका अनुसार चन्दननाथ नगरपालिकाको सहयोगमा आयुर्वेद स्वास्थ्य केन्द्रले सेवा दिन थालेको हो । आयुर्वेद स्वास्थ्य सेवा उपलब्ध गराउनको लागि चन्दननाथ नगरपालिकाले २० लाख रुपैयाॅ बिनियोजन गरेको थियो । जसले आयुवेर्द फार्मेसी कक्ष सञ्चालन, आयुर्वेद औषधी खरिद, स्नेह कक्ष, आराम कक्ष तथा आयूर्वेद वाफ कक्षको व्यवस्थापन गरिएको हो ।

नगरपालिकाले दिएको २० लाख रुपैयाॅ मध्येबाट ९ लाख ५० हजार रुपैयाँले फार्मेसी सञ्चालन गरिएको हो । सो सेवाका लागि २ जना कर्मचारी समेत व्यवस्थापन गरिएको छ । चन्दननाथ-१० बोहोरागाउँमा भएको आयूर्वेद अस्पतालमा जान टाढा र कठिन भएकोले ज्येष्ठ नागरिकको कार्यालयमा सेवा दिन थालिएको भन्दै ज्येष्ठ नागरिकहरु निकै खुसी छन् ।

जिल्ला ज्येष्ठ नागरिक संघ जुम्लाका कार्यवाहक अध्यक्ष तुलाराम न्यौपानेले पछिल्लो समय चन्दननाथ नगरपालिका, आयुर्वेद स्वास्थ्य केन्द्रले जेष्ठ नागरिकमैत्री स्वास्थ्य सेवा सञ्चालन गरिएकोमा खुसी व्यक्त गरे । उनले भने, 'भगवानलाई पुजा गर्न सधैँ मन्दिर जानुपर्दैन । हामी जस्ता जेष्ठ नागरिकलाई सेवा दिए प्रयाप्त हुन्छ ।’

चन्दननाथ नगरपालिकाका नगरप्रमुख राजुसिंह कठायतले सवै भोलिका ज्येष्ठ नागरिक भएकाले ज्येष्ठ नागरिकको सेवा सवैभन्दा महत्वपूर्ण रहेको बताए । जिल्लाभरिका ज्येष्ठ नागरिकहरु आवद्ध भएको संस्थामा अझ राम्रा राम्रा काम गर्नका लागि नगरपालिका प्रयासरत भएको बताए ।

प्रकाशित : चैत्र २९, २०८० १६:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×