२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५३

तिला नदीमा बगेर किशोर बेपत्ता

कालिकोट — तिला नदीमा बगेर एक १५ वर्षीय किशोर बेपत्ता भएका छन् । शुक्रबार दिउँसो २ बजे माछा मार्न गएका तिलागुफा-६ जुविथाका गणेशबहादुर शाही नदीमा बगेर बेपत्ता भएका हुन् । 

जुविथा गाउँको सत्यदेवी माविमा ९ कक्षामा अध्ययनरत शाही शुक्रबार दिउँसो विद्यालयबाट फर्किएर माछा मार्न नदीमा गएको बेला चिप्लिएर नदीमा बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी पोषण थापाले बताए ।

नदीमा बगेर बेपत्ता किशोरको खोजी भइरहेको प्रहरी निरिक्षक थापाले जानकारी दिए । उनी गाल्जे बजारभन्दा तलको तिला नदी किनाराबाट बगेको आफन्त नरेश शाहीले बताए ।


प्रकाशित : चैत्र ९, २०८० १८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?