कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

जाडो बढेपछि सीमा प्रहरी चौकी सदरमुकाम सारियो 

राजबहादुर शाही

मुगु — मुगुको उच्च हिमाली क्षेत्रमा अत्याधिक जाडो बढेपछि मुगु–तिब्बत सीमा प्रहरी चौकीमा कार्यरत प्रहरी जवानलाई  ६ महिनाको लागि जिल्ला प्रहरी कार्यालयमा सारिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

जाडो बढेपछि सीमा प्रहरी चौकी सदरमुकाम सारियो 

मंसिर १५ गते जिल्ला सुरक्षा समितिको निर्णय र प्रदेश प्रहरी कार्यालयको आदेशबमोजिम मुगु सीमा प्रहरी चौकीमा कार्यरत एक जना असईसहित ९ जना प्रहरी जवानलाई जाडो कटाउन जिल्लातिर सारिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी भूपेन्द्र बुढाथोकीले कान्तिपुरलाई बताए ।

उनले भने, ‘केहीअघिको हिमपात र वर्षाले गर्दा मुगु सीमा क्षेत्रमा अत्यधिक जाडो बढेर बस्न नसकिने अवस्था आएपछि प्रहरी जवानलाई जिल्ला सार्नु पर्ने अवस्था आएको हो ।’ चैत वैशाखमा गर्मी मौसम सुरु भएपछि प्रहरी जवानलाई सीमा प्रहरी चौकीतर्फ फर्काइने सूचना अधिकारीको भनाइ छ ।

हरेक वर्ष मंसिर १५ पछि मुगु सीमा प्रहरी चौकीमा कार्यरत प्रहरी जवानलाई जिल्ला प्रहरी कार्यालयमा सार्ने गरेपछि करिब ६ महिनासम्म मुगु सीम ाप्रहरी चौकी बन्द हुने गरेको छ ।

प्रकाशित : मंसिर २५, २०८० १३:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×