कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या 

विप्लव महर्जन

सल्यान — धारिलो हतियार प्रयोग गरी सल्यानमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । जिल्लाको सिद्धकुमाख गाउँपालिका–३, उचाल्नेका ४५ वर्षीय डम्मर सार्कीले गए राति ४० वर्षीया श्रीमती सितली सार्कीको धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन् । 

धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या 

धारिलो हतियार प्रहारबाट सितली सार्कीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक भवानीप्रसाद धमलाले बताए । श्रीमतीको हत्या गर्ने वर्ष ४० का डम्मर सार्की हत्या पछि प्रहरी चौकी ढोडचौर आउँदै गर्दा प्रहरीले पक्राउ गरेको र उनलाई जिल्ला प्रहरी कार्यालय सल्यानको हिरासत कक्षमा राखिएको जानकारी दिए ।

घटनास्थलबाट प्रहरीले रगत लागेको बन्चरो र दाउरा बरामद गरेको पनि उनले बताए । उनका अनुसार हत्याराका नाबालक छोराहरुसँग कुरा बुझ्दा बाबुले मदिरा सेवन गर्ने र आमासँग बेलाबेला झगडा भइरहने गरेको खुल्न आएपनि हत्याको मुख्य कारण भने खुल्न सकेको छैन ।

मृत सितली सार्कीको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल सल्यान ल्याइएको र घटनाको थप अनुसन्धान भइरहेको सूचना अधिकारी प्रनि धमलाले बताए ।


प्रकाशित : मंसिर २०, २०८० १२:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×