कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

भ्रष्टाचार निरुत्साहित गर्नु आजको आवश्यकता : मन्त्री ज्वाला

तृप्ति शाही

वीरेन्द्रनगर — भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले भ्रष्टाचारलाई निरुत्साहित गर्दै अगाडि बढनु पर्ने आजको आवश्यकता रहेको बताएका छन् । 

भ्रष्टाचार निरुत्साहित गर्नु आजको आवश्यकता : मन्त्री ज्वाला

समाजवादी प्रेस सगंठन नेपाल कर्णाली प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधनका क्रममा उनले जनपक्षीय काम गर्दै भ्रष्टाचारजन्य गतिविधिलाई निरुत्साहित गर्नुपर्ने आजको आवश्यकता भएको बताए । अहिले मुलुक नै आर्थिक मन्दीको मारमा परेकोले यसको असर मिडियामा पनि पर्नु स्वाभाविक रहेको उनको भनाइ थियो ।

मिडिया ठूलो शक्ति भएकाले यसलाई सदुपयोग गर्न आग्रहसमेत गरे । कानुनलाई टेकेर मिडियालाई गर्न सक्ने र मिल्ने सहयोग सरकारले गर्ने उनले आश्वासन दिए । अहिलेको सरकार जनताको सरकार भएकाले जनताका समस्याहरु समाधान गर्दै अगाडि बढेको उनको दाबी थियो ।

प्रकाशित : मंसिर २०, २०८० १८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×