कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

कर्णाली प्रदेश प्रहरीद्वारा 'क्यूआर कोड'बाट सेवा सुरू

तृप्ति शाही

वीरेन्द्रनगर — कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले 'क्यूआर कोड'बाट सेवा सुरू गरेको छ । प्रहरी सेवासम्बन्धी गुनासो र सुझाव संकलनको लागि प्रहरीले उक्त सेवाको सुरुआत गरेको हो । साथै नागरिकले क्यूआर कोडबाट आफ्नो नजिकै भएको घटनाबारे पनि जानकारी गराउन सक्नेछन् ।

कर्णाली प्रदेश प्रहरीद्वारा 'क्यूआर कोड'बाट सेवा सुरू

नेपाल प्रहरी कार्ययोजना र सुरक्षित कर्णाली विशेष अभियान-२०८० अन्तर्गत यो कार्यको सुरू गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी भिमप्रसाद ढकालले बताए ।

यो सेवाले गुनासो व्यवस्थापनलाई छिटो छरितो र व्यवस्थित बनाउने, नागरिकका गुनासोहरूको अभिलेख व्यवस्थापनको कार्य गर्नेछ । साथै प्रहरीसँग सम्बन्धित गुनासो र सुझावहरू संकलन प्रक्रियालाई प्रविधिमैत्री बनाउने, सेवाग्राहीको समय र खर्चको बचत तथा गोपनियता कायम गर्ने कार्य पनि यो सेवाबाट गरिनेछ । सूचना दिने मान्छेले नाम उल्लेख नगरे पनि हुने डीआईजी ढकालले बताए । उनका अनुसार क्यूरआर कोडमार्फत दिएको सूचना सिधैं कार्यालय प्रमुखसमक्ष पुग्नेछ ।

नागरिकसँग नजिक भएर छिटो छरितो सेवा दिने उद्देश्यले यो कार्यको सुरूआत गरिएको डीआईजी ढकालले बताए । उनका अनुसार नागरिकको सहजताको लागि सार्वजनिक स्थल सँगै भिडभाड हुने ठाउँमा क्यूआर कोड राखिनेछ ।

प्रदेश प्रहरी कार्यालयमा सुरू भएको यो कार्य कर्णालीका १० वटै जिल्लामा लागू गर्ने जनाइएको छ । क्यूआर कोडमार्फत आएका जरूरी गुनासोलाई ३ दिनभित्र र साधारण गुनासोको सम्बोधन ५ दिनभित्र गरिने प्रदेश प्रहरी कार्यालयले जनाएको छ । साथै गुनासो गर्नेलाई कारबाहीको विवरण पनि जानकारी गराइने छ ।

प्रदेश प्रहरीले यसअघि यात्रुमैत्री अभियान, कार्यलयमा नागरिक सहजकर्ता, घरघरमा प्रहरीको फोन नम्बर भएको स्टिकर टास अभियान, पीडितमैत्री अभियान, लागूऔषधविरूद्व लालटिन अभियानलाई कार्यान्वयनमा ल्याइसकेको छ ।

प्रकाशित : मंसिर १२, २०८० १६:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×