कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

जाजरकोटमा पालमुनि बस्दै आएका एक भूकम्पपीडितको मृत्यु

तृप्ति शाही

वीरेन्द्रनगर — जाजरकोटमा त्रिपालमा बस्दै आएका एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बारेकोट गाउँपालिका-७ सुवाकोटका ६५ वर्षीय हरियो दमाइ रहेका छन् । उनको मंगलबार ज्यान गएको वडाध्यक्ष विशाल किरण बस्नेतले बताए।

वडा अध्यक्षका अनुसार उनी दुई वर्षअघिबाट प्यारालाईसिस भएर थलिएका थिए । भूकम्पपछि घरमा क्षति पुगेपछि उनी त्रिपालमा बस्दै आएका थिए । एक सातादेखि ज्वरो आउने र श्वासप्रश्वाससम्बन्धी समस्या देखिएको थियो ।

उपचारका लागि स्वास्थ्य संस्था लैजाने तयारी गर्दै गर्दा उनको ज्यान गएको बस्नेतले बताए।


प्रकाशित : मंसिर १२, २०८० २२:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×