कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

सुर्खेतमा जुवा खेलिरहेको अवस्थामा २७ जना पक्राउ

तृप्ति शाही

वीरेन्द्रनगर — जुवा खेलिरहेको अवस्थामा सुर्खेत प्रहरीले २७ जनालाई नियन्त्रणमा लिएको छ । सुर्खेतको चौकुने गाउँपालिकाबाट २ लाख २८ हजार ७ सय नगदसहित २७ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतको प्रहरी टोलीले चौकुने गाउँपालिका - ६ मा जुवा खेलिरहेका उनीहरूलाई आइतबार राती १ बजेतिर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी लक्ष्मण शाहीले बताए ।

पक्राउ परेका सबै जनालाई वीरेन्द्रनगर ल्याईएको छ । पक्राउ परेकाहरुको परिचय भने प्रहरीले सार्वजनिक गरेको छैन ।

पक्राउ पर्नेमा प्रहरी, स्वास्थ्यकर्मी र राजनीतिक दलका कार्यकर्ता रहेका छन् ।

प्रकाशित : कार्तिक २७, २०८० १४:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×