कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

भूकम्प प्रभावित जाजरकोट र रुकुममा शनिबार हल्का वर्षा

कान्तिपुर संवाददाता

काठमाडौँ — भूकम्प प्रभावित जाजरकोट र रुकुममा शनिबार हल्का वर्षा भएको छ । काठमाडौंस्थित जल तथा मौसम मापन केन्द्रका अनुसार जाजरकोट र रुकुममा शनिबार हल्का वर्षा भएको जनाएको छ । १० मिलिमिटरभन्दा कमलाई हल्का वर्षा भन्ने गरेको छ ।   

भूकम्प प्रभावित जाजरकोट र रुकुममा शनिबार हल्का वर्षा

'बिहान जाजरकोट र रुकुममा हल्का वर्षा भएको थियो,' मौसमविद् गोविन्द झाले भने, 'जाजरकोट र त्यस आसपासको क्षेत्रमा अहिले पनि क्षणिक वर्षा हुने गरेको छ । घर नभएको अवस्थामा सानो पानीले नै मानिसको जीवनलाई प्रभावित गरिहाल्छ । ' झाले शनिबार रातिबाटै मौसममा सुधार देखिने बताए ।

झाले आइतबार आंशिक बदली हुने बताए । शनिबार दिउँसो ३ बजेको जाजरकोटको तापक्रम २१ डिग्री सेल्सियस पुगेको थियो । तर, बर्षा भएकाबेला त्यस ठाउँको तापक्रम १९ डिग्री सेल्सियसमा झरेको थियो ।

पश्चिमी वायुमा प्रभावको कारण पश्चिम नेपाल र काठमाडौं उपत्यकामा वर्षा भएको छ । झाले सुदूरपश्चिम नेपालमा मध्यपश्चिमको पहाडी जिल्लाहरुमा भन्दा बढी वर्षा भएको बताए ।

कात्तिक १७ गते राति रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएको ६.४ म्याग्निच्युडको भूकम्पले पश्चिम रुकुम र जाजरकोटसहित विभिन्न जिल्लाका ३५ हजार घरमा क्षति पुर्‍याएको छ । त्यसैगरी भूकम्पमा १ सय ५४ जनाको निधन भएको छ ।

शनिबारको वर्षाले प्रभावित क्षेत्रमा पानीले जनजीवनलाई कष्टकर बनाउने देखिएको छ ।

प्रकाशित : कार्तिक २५, २०८० १७:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×