कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२७

हुम्लामा कोदो दिवस मनाइयो

जनकबहादुर शाही

हुम्ला — हुम्लामा रैथाने बाली कोदो प्रवर्द्धनका लागि कोदो दिवस मनाइएको छ । अन्तर्राष्ट्रिय कोदो दिवसको अवसरमा हुम्लाको अर्गानिक कोदो खेतीको संरक्षण र प्रवर्द्धन गर्न दिवस मनाइएको कृषि विकास कार्यालय हुम्लाले जनाएको छ ।

हुम्लामा कोदो दिवस मनाइयो

महोत्सवमा आउने अथितिहरुलाई रैथाने पिपलका पातबाट बनेका ब्याज र कोदोजन्य बालीको मालाले स्वागत गरिएको थियो ।

बाली प्रदर्शनका लागि स्टल निर्माण गरेर कोदोका परिकार तथा रैथाने कोदोजन्य बालीको प्रदर्शन तथा प्रचारप्रसार गर्न सबै लाग्नुपर्ने कर्णाली प्रदेश सरकार भूमि व्यवस्था तथा कृषि, सहकारीमन्त्री भिमप्रकाश शर्माले बताए । कार्यक्रममा अर्गानिक रैथान कोदोबाट बनाइएका १५/२० परिकारका प्रदर्शनी गरिएको थियो ।

हुम्लामा रहेको खेतीयोग्य जमिनमध्ये १ हजार ३ सय ५० हेक्टरमा कोदो खेती गर्दा १ हजार ५ सय ४० मेट्रिकटन उत्पादन हुने गरेको कृषि विकास कार्यालय हुम्लाका प्रमुख धर्मबहादुर शाहीले बताए । व्यावसायिक कोदोजन्य खेती प्रवर्द्धनका लागि विभिन्न विधामा किसानहरुलाई पुरस्कृतसमेत दिइएको थियो ।



प्रकाशित : आश्विन १८, २०८० १७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?