कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

बाघको आक्रमणबाट सल्यानमा चार जना घाइते

विप्लव महर्जन

सल्यान — सल्यानमा बाघको आक्रमणबाट चार जना घाइते भएका छन् । बाघको आक्रमणमा छत्रेश्वरी गाउँपालिका–३ का ४० वर्षीय राज केसी, ४० वर्षीय टेकबहादुर थापा, २७ वर्षीय भीमसेन थापा र १६ वर्षीय छविलाल केसी घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

स्थानीय ५२ वर्षीय पूर्णराज विकको कुखुराखोर हेर्न जाने क्रममा उनीहरूलाई बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी प्रवक्ता प्रहरी निरीक्षक गोपाल श्रेष्ठले बताए ।

घाइते सबैको स्थानीय मेडिकलमा सामान्य उपचारपछि थप उपचारको लागि जिल्ला अस्पताल सल्यानमा ल्याइएको उनले बताए । जिल्ला अस्पताल सल्यानमा सामान्य उपचारपछि उनीहरूलाई प्रदेशिक अस्पताल दाङ लगिएको छ ।

बाघ अहिले सोही स्थानको धानबारीनजिकै रहेको झाडीमा लुकेर बसेको र व्यवस्थापनका लागि इलाका वन कार्यालय लुहामका टोली पुगेको प्रहरीको भनाइ छ ।

बाघ नियन्त्रणका लागि बाँके राष्ट्रिय निकुञ्जको टोलीलाई बोलाइएको छ । सल्यानमा केही वर्षयता छिटपुट रूपमा बाघ देखिन थालेको छ । सल्यानको कालिमाटी गाउँपालिकाको केही भाग बाँके राष्ट्रिय निकुञ्जमा समेत पर्छ ।

प्रकाशित : आश्विन १५, २०८० १५:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×