एमाले कर्णाली अधिवेशन : मतदान सम्पन्न, गणना सोमबार

वीरेन्द्रनगर — गत बुधबारबाट सुर्खेतको वीरेन्द्रनगरमा जारी एमाले कर्णाली प्रदेशको अधिवेशनमा मतदान सम्पन्न भएको छ । आइतबार दिउँसोबाट सुरू भएको मतदान राति साढे ९ बजेतिर सम्पन्न भएको हो ।

अधिवेशनमा ६ सय ९ मत खसेको छ । कुल ६ सय १६ जना प्रतिनिधिहरु थिए । ७ जना अनुपस्थित भएका छन् ।
एमालेको प्रदेश कमिटी अध्यक्षका लागि कालीकोटका मीनबहादुर शाही, सल्यानका गुलाबजंग शाह र कालीकोटका प्रकाश रोकाया चुनावी प्रतिस्पर्धामा छन् । शाही गोरख बोगटी समूह, शाह यामलाल कँडेल समूह र रोकाया स्वतन्त्र उम्मेदवार हुन् । यस्तै प्रदेश कमिटीको उपाध्यक्षमा मुगुका दानिसंह परियार, जुम्लाका टेकराज पछाई र जाजरकोटका लालबहादुर महतरा चुनावी प्रतिस्पर्धामा छन् ।
सचिवमा रुद्रबहादुर शाही र ध्रुवबहादुर शाही प्रतिस्पर्धामा छन् । मतगणना सोमबार बिहान ८ बजेबाट गर्ने तयारी भएको निर्वाचन कमिटीले जनाएको छ । एमालेले प्रथम अधिवेशनबाट ५ पदाधिकारीसहित एक सय ३५ सदस्यीय कर्णाली प्रदेश समिति चयन गर्नेछ ।
प्रकाशित : आश्विन १४, २०८० २१:४३