कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

प्रदेश योजना आयोगको सदस्यमा शाह नियुक्त

ज्योति कटुवाल

काठमाडौँ — कर्णाली प्रदेशको नीति तथा योजना आयोगको सदस्यमा जीतबहादुर शाह नियुक्त भएका छन् । कर्णाली प्रदेशको सरकारको आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले शाहलाई सदस्यमा नियुक्त गरेको हो ।

प्रदेश योजना आयोगको सदस्यमा शाह नियुक्त

सल्यानका शाह नेपाल सरकारको पूर्वउपसचिवसमेत हुन् । २८ वर्ष शिक्षा सेवामा रहेर काम गरेका उनले १० वर्ष शिक्षण पेसामा आबद्ध थिए । उनले यसअघि चार जिल्लाको जिल्ला शिक्षा अधिकारी, राष्ट्रिय परीक्षा बोर्ड कर्णालीको निर्देशक र सुर्खेत मेडिकल कलेज पूर्वाधार विकास निर्माण आयोजनाका प्रमुखसमेत रहेर काम गरिसकेका छन् ।

शाहले काठमाडौं विश्वविद्यालयबाट शैक्षिक नेतृत्व विषयमा एमफिल गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले कर्णाली प्रदेश योजना आयोग (गठन तथा कार्य सञ्चालन) आदेश, २०७५ को दफा ३ को उपदफा (२) को खण्ड (ग) बमोजिम आयोगको सदस्यमा नियुक्त गरिएको जनाएको छ ।

प्रकाशित : भाद्र ७, २०८० १०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

x
×