कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

बलात्कार भएको भन्दै किशोरीद्वारा प्रहरीमा उजुरी

तृप्ति शाही

वीरेन्द्रनगर — सुर्खेतमा किशोरीलाई बिहेको प्रलोभनमा पारेर बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको छ । १६ वर्षीया किशोरी न्याय खोज्दै प्रहरी कार्यालयमा पुगेकी छन् ।

किशोरीलाई गाउँकै २१ वर्षीय कमल माझीले दुई वर्षदेखि बिहेको आस देखाएर बलात्कार गर्दै आएको किशोरीले उजुरीमा उल्लेख गरेकी छन् । अहिले उनको गर्भमा नौ हप्ताको बच्चासमेत भएको स्वास्थ्य रिपोर्टले देखाएको छ ।

दलित समुदायकी ती किशोरीलाई माझीले विभिन्न समयमा बलात्कार गरेको जाहेरीमा उल्लेख गरिएको छ । असार ९ गतेदेखि युवा फरार छन् । त्यसपछि न्याय माग्दै किशोरी प्रहरी कार्यालयसम्म आइपुगेकी हुन् ।

अहिले किशोरी वीरेन्द्रनगरस्थित एक गैरसरकारी संस्थाको आवास गृहमा आश्रय लिइरहेकी छन् । आरोपित युवकको खोजी अघि बढाएको प्रहरीले जनाएको छ ।

किशोरीको स्वास्थ्य परीक्षण र घटनाको मुचुल्कासमेत तयार पारेर घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रकाशित : श्रावण ९, २०८० १७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×