कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६६
तस्बिरहरू

पढाइ मेलामा रमाए बालबालिका

विप्लव महर्जन

सल्यान — शारदा नगरपालिकाले गणतन्त्र दिवसका अवसरमा सोमबार पढाइ मेला सञ्चालन गरेको छ । बालबालिकामा पठनपाठन गर्ने बानीको विकास गर्न शारदा नगरपालिकाले जिल्लाको सदरमुकाम खलंगाको लुहापिङ्गस्थित सबैभन्दा पुरानो त्रिभुवन जन माध्यामिक विद्यालयमा पढाइ मेला सञ्चालन गरेको हो ।

पढाइ मेलामा रमाए बालबालिका

मेला सञ्चालनमा नगरपालिकालाई शिक्षासँग सम्बन्धित कार्यक्रम रुम टु रिडले सहयोग गरेको थियो । नगरपालिकाभित्र ५७ सामुदायिक र ११ निजी गरी ६८ विद्यालय छन् । त्रिज मावि लुहापिङ्गमा सञ्चालित पढाइ मेलामा २० वटा स्टल राखेर नगरभित्रका २० भन्दा बढी विद्यालयका बालबालिकाले निर्माण गरेका शिक्षासँग सम्बन्धित सामग्री राखिएको थियो । पढाइ मेलामा एक हजार भन्दा बढीको सहभागिता रहेको थियो ।

पछिल्लो समयमा पढ्ने भन्दा माबाइलतर्फ सानै उमेरदेखि ध्यान जान थालेकाले शैक्षिक स्तर खस्कँदै गएकाले शैक्षिक स्तरको सुधार तथा बालबालिका लगायत युवामा पढ्ने बानीको विकास गर्न पढाइ मेलाको आयोजना गरिएको शारदा नगरपालिका सल्यानका नगर प्रमुख प्रकाश भण्डारीले बताए । पढाइ मेलाले विद्यालयमा पढ्दै गरेका बालबालिकालाई धेरै उत्साहित गरेको उनले जानकारी गराए । मेलाले आगामी दिनमा विद्यालयका बालबालिकालाई पढ्ने मात्र नभइ, वाककला, चित्रकलामा उत्साहित गर्ने र अनुशासित बनाउनेमा आफू विश्वस्त भएको उनको भनाइ छ ।

बालबालिका तथा युवामा पढ्ने बानीको विकास गर्नकै लागि पुस्तक मेला सञ्चालन गरिएको र यसबाट बालबालिकाहरु उत्साहित भएको शारदा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लिलाधर बबालले बताए । पढाइ मेलाले विद्यालय तथा बालबालिकालाई धेरै कुरा सिकाएको उनले जानकारी गराए ।

मेलामा बाल पुस्तकालय, पढाइ मापन तथा डिजिटल पुस्तकालय, हिँडाइ, पढाइ र चौतारामा बसेर पढाइ लगायत कक्षा पुस्तकालय, स्वतन्त्र पठन, लेखन तथा कथावाचन जस्ता कार्यक्रम गरिएको उनको भनाइ छ ।

प्रकाशित : जेष्ठ १६, २०८० १२:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×