कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२२

गाउँमै स्वास्थ्य सेवा पाउँदा मासपुरवासी खुसी

जनकबहादुर शाही

हुम्ला — पहिलो पटक गाउँमै स्वास्थ्य सेवा पाउँदा मासपुरका स्थानीय खुसी भएका छन् । हुम्लाको दक्षिण भेगमा रहेको ताँजाकोट गाउँपालिका–३ मा रहेको दुर्गम मासपुर गाउँका स्थानीयले पहिलो पटक घर आँगनमै स्वास्थ्य परीक्षण तथा अन्य सेवासुविधा पाएकोमा खुसी भएका हुन् ।

अहिलेसम्म गाउँमै कहिल्यै सरकारी सेवा तथा सुविधा नपाएका मासपुरवासीले पहिलो पटक गाउँपालिकाबाट खटिएको टोलीले घरदैलो पुगेर स्वास्थ्य जाँच अभियान सञ्चालन गरी विभिन्न सेवा र तरकारी किटसमेत आफ्नै आँगनमा पाउँदा स्थानीयवासी खुसी भएका छन् ।

गाउँपालिकाले यस वर्षदेखि घरदैलो स्वास्थ्य जाँच अभियान सञ्चालन गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख धनराज ढकालको नेतृत्वमा खटिएको टोली गाउँपालिका केन्द्रबाट एक दिन पैदल हिँडेर स्वास्थ्यकर्मीसहितको टोली मासपुर पुगेर १ सय ५६ जनाको स्वास्थ्य परीक्षण गरी निःशुल्क औषधि वितरण, बिरामीको स्वास्थ्य परीक्षण गर्दा औलो रोगसँग लक्षण मिल्ने बिरामी देखिएपछि १२ जनाको नमुना संकलन गरिएको ताँजाकोट गाउँपालिकाका उपाध्यक्ष सुरेन्द्र थापाले बताए ।

स्थानीयको स्वास्थ्य परीक्षण गर्दा सम्भावित औलो हुनसक्ने देखिएपछि नमुना संकलन गर्ने कार्य गरी त्यसलाई ल्याब परीक्षण गरिने र गाउँपालिकामा बर्सेनि औलोका बिरामी देखिँदै आएकाले मासपुरवासीको घरदैलोमा स्वास्थ्य परीक्षणका साथै औषधि छर्कने र झुलसमेत वितरण गरिएको स्वास्थ्य शाखा प्रमुख धनराज ढकालले बताए ।

हालसम्म आफ्नो हातमा घरजग्गाको लालपुर्जा नभएका मासपुरवासीले गाउँमै दुई दिनसम्म सञ्चालन भएको घरदैलो अभियानमा छाउपडी, छुवाछूत, बालविवाह, बहुविवाह, बोक्सी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रममा सहभागी हुन पाउँदा सरकार चुलोमै आएको अनुभूति भएको स्थानीयले बताएको ताँजाकोट गाउँपालिकाका उपाध्यक्ष थापाले बताए ।

प्रकाशित : जेष्ठ १३, २०८० १६:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ भन्ने युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको भनाइबारे तपाईंको धारणा के छ ?