कनकासुन्दरी-७ का शतप्रतिशत बालबालिका विद्यालयको पहुँचमा

डीबी बुढा

जुम्ला — जुम्लाको कनकासुन्दरी गाउँपालिका ७ का शतप्रतिशत बालबालिका विद्यालय भर्ना भएका छन् । कूल ३ सय ५८ घरधुरीका ८ सय ८४ बालबालिका विद्यालय भर्ना भएका हुन् । 

कनकासुन्दरी-७ का शतप्रतिशत बालबालिका विद्यालयको पहुँचमा

कनकासुन्दरी ७ स्थित मालिका माध्यमिक विद्यालय खिच्चनेमा औपचारिक कार्यक्रमको आयोजना गरी वडाका ४ देखि १६ वर्षमुनिका सम्पूर्ण बालबालिका विद्यालयमा भर्ना भएको जानकारी दिइएको हो ।

जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले कनकासुन्दरी–७ लाई कुनै पनि बालबालिका विद्यालय बाहिर नभएको वडाका रुपमा घोषणा गरेका थिए । उनले भने, ‘वडा कार्यालयको प्रतिवेदन, गाउँपालिकाको तथ्यांक र सरोकारवाला निकायको तदारुकताका कारण सिंगो वडाका बालबालिका विद्यालयको पहुँचमा पुगेका हुन् । यो जुम्लाको शिक्षा क्षेत्रको सुखद सन्देश हो । ’

कनकासुन्दरी ७ का वडा सचिव सुदर्शन काफ्लेका अनुसार मालिका माध्यमिक खिच्चनेका ५ सय १२, आधारभूत विद्यालय रोकायावाडाका १ सय ४१ र काफलडाँडा आधारभूत विद्यालयमा २ सय ३१ जना विद्यार्थी भर्ना भएका छन् ।

प्रकाशित : जेष्ठ ९, २०८० १२:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?