कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७०

लोगो र गान बनाउँदै सर्केगाड

हुम्ला — सर्केगाड गाउँपालिकाले आफ्नै पालिका गान र लोगो बनाउने भएको छ । पर्यटन प्रवर्द्धनका लागि पालिकाको आफ्नो छुट्टै पहिचान झल्किने गान र लोगो बनाउन लागेको हो ।

लोगो र गान बनाउँदै सर्केगाड

आफ्नै रीतिरिवाज, सांस्कृतिक, ऐतिहासिक, प्राकृतिक तथा विशिष्ट भौगोलिक पहिचान झल्किने गरी पालिका गान र लोगो बनाउन लागिएको गाउँपालिका अध्यक्ष ठानबहादुर रोकायाले बताए । उनका अनुसार पालिकाको प्राकृतिक, सांस्कृतिक र ऐतिहासिक महत्त्व झल्काउने गरी लोगो र ४० देखि ६० शब्दमा पालिका गान बनाउनुपर्नेछ ।

जसका लागि खुला प्रतिस्पर्धात्मक विधिबाट पालिका गीत र लोगो निर्माणका लागि इच्छुक व्यक्ति वा संस्थासँग १५ दिने सूचना जारी गरिएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरबहादुर रावतले लोगो र पालिका गान निर्माणका लागि दरखास्त आह्वान गरिएको बताए ।

पालिकाले आह्वान गरेको सूचनाअनुसार छनोट भएको उत्कृष्ट लोगो डिजाइनकर्तालाई नगद ३० हजारसहित प्रमाणपत्र र उत्कृष्ट पालिका गान रचनाकारलाई नगद ४० हजारसहित कदरपत्र प्रदान गरिनेछ ।

प्रकाशित : वैशाख ८, २०८० ०७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×