सुर्खेतका ३ क्याम्पसमा अनेरास्ववियु विजयी

तृप्ति शाही

वीरेन्द्रनगर — सुर्खेतका ३ वटा क्याम्पसमा अनेरास्ववियुको प्यानल नै विजयी भएको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत रहेका यी क्याम्पसमा अनेरास्ववियु विजयी भएको हो ।

सिम्ता गाउँपालिकामा रहेको सिम्ता बहुमुखी क्याम्पसमा अनेरास्ववियुका घनश्याम रेग्मीको प्यानलै विजयी भएको छ । रेग्मीले प्रतिद्वन्द्वी नेविसंघका खगेन्द्र सापकोटालाई ८ मतको अन्तरले पराजित गरे ।

वीरेन्द्रनगरमा रहेको अमरदीप क्याम्पसमा अनुपम ढकालको प्यानल विजयी भएको छ । हिमशिखर बहुमुखी क्यापस रामघाट पनि अनेरास्ववियुकी सृजना रसायलीको नेतृत्वमा निर्विरोध रुपमा स्ववियुको नेतृत्व चयन भएको छ ।

सुर्खेत बहुमुखी क्यामपसको मतदान भने अहिले केही बेरबाट सुरू हुनेछ ।

प्रकाशित : चैत्र ६, २०७९ ०८:५९
प्रतिक्रिया
पठाउनुहोस्

भेरी ज्ञानोदय क्याम्पसको सभापतिमा नेविसंघका सिंह निर्वाचित

हरिहरसिंह राठौर

जाजरकोट — जाजरकोटको सदरमुकाम खलंगामा रहेको भेरी ज्ञानोदय बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघका प्रकाश सिंह निर्वाचित भएका छन् । आइतबार भएको निर्वाचनमा सिंहले १ सय १० मत ल्याएर निर्वाचित भएका हुन् ।

उनका प्रतिस्पर्धी अनेरास्ववियुका छविराज सिंहले ८० मत प्राप्त गरेका छन् । एकीकृत समाजवादी निकट अनेरास्ववियुका प्रेम विश्वकर्माले ४० मत प्राप्त गरेका छन् । यस्तै, सचिवमा अखिल क्रान्तिकारीका भूपेन्द्र नेपाली निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी अनेरास्ववियुका मालबहादुर सिंहले ६१ मत प्राप्त गरेका छन् । एकीकृत समाजवादी निकट विद्यार्थी संगठनका पुष्पराज वलीले ५१ मत प्राप्त गरेका छन् ।

कोषाध्यक्षका अखिल क्रान्तिकारीका विनोद राज गोसाई निर्वाचित भएका छन् । उनले १ सय २९ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी प्रतीमा खत्रीले ७१ मत ल्याएकी छन् । सदस्यहरुमा युवराज सिंह र रमेश जैसी निर्वाचित भएका छन् । सिंहले १ सय ४२ मत प्राप्त गरेका छन् भने जैसीले १ सय ११ मत ल्याएर विजयी भएका हुन् ।

सदरमुकाम खलंगामा रहेको क्याम्पसमा नेपाल विद्यार्थी संघ र अखिल क्रान्तिकारीबीच चुनावी तालमेल भएको थियो । वामलोकतान्त्रिक गठबन्धनको पूरै प्यानल नै विजयी भएको निर्वाचन अधिकृत भिमेनन्दनाथ योगीले जानकारी दिए । भेरी ज्ञानोदय क्याम्पस मध्यपश्चिम विश्वविद्यालयको आगिंक क्याम्पसका रुपमा रहेको छ ।

प्रकाशित : चैत्र ६, २०७९ ०८:५६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×