कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रारा क्याम्पसमा अनिश्चितकालीन तालाबन्दी 

राजबहादुर शाही

मुगु — कांग्रेसको भ्रातृ संगठन नेविसंघले रारा बहुमुखी क्याम्पसमा अनिश्चितकालीन तालाबन्दी गरी मध्यपश्चिम विश्वविद्यालयका भीसी डा. नन्दबहादुर सिंहको पुतला दहन गरी गमगढीमा विरोध प्रदर्शन गरेको छ । 

रारा क्याम्पसमा अनिश्चितकालीन तालाबन्दी 

मध्यपश्चिम विश्वविद्यालयअन्तर्गतका १० वटै आंगिक क्याम्पसको स्ववियु निर्वाचन स्थगित गरेको भन्दै नेविसंघले बिहीबार रारा बहुमुखी क्याम्पसमा अनिश्चितकालीन तालाबन्दी गरी भीसी सिंहको पुतला दहन कडा विरोध जनाएको छ । मध्यपश्चिम विश्वविद्यालयले स्ववियु निर्वाचन स्थगित गरेको विरोधमा रारा बहुमुखी क्याम्पसमा अनिश्चितकालीन ताला बन्दी गरी भीसी सिंहको पुतला दहन गरेको नेविसंघ केन्द्रीय प्रतिनिधि राजेन्द्रबहादुर शाहीले बताए ।

स्ववियु निर्वाचन तोकिएको मितिभन्दा एक दिन अगाडि अवैधानिक निर्णय गरी मध्यपश्चिम विश्व विद्यालय स्ववियु निर्वाचन स्थगित गरेको उनको आरोप छ । स्ववियु निर्वाचन नगरे कडा आन्दोलनमा उत्रिने नेविसंघको भनाइ छ ।

मध्यपश्चिम विश्व विद्यालयले स्ववियु निर्वाचन स्थगित गरेपछि नेविसंघले क्याम्पसमा तालाबन्दी गरेको क्याम्पस प्रमुख सुशीलकुमार भामले जनाए ।

प्रकाशित : चैत्र २, २०७९ २१:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?