कर्णाली करिडोरसँग जोडिँदै खत्याड- कर्णाली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कर्णाली करिडोरसँग जोडिँदै खत्याड

राजबहादुर शाही

मुगु — कर्णाली करिडोर सडकसँग मुगुको खत्याड गाउँपालिका जोडिने भएको छ । सुकाढिक झुगलास्थित हुम्ला कर्णाली नदीमा बेलिब्रिज पुल निर्माण कार्य सकिने अन्तिम चरण पुगेपछि खत्याड गाउँपालिका र कर्णाली करिडोर सडक सम्बन्ध जोडिने भएको छ । 

खत्याड गाउँपालिका र प्रदेश सरकारको करिब ३ करोड ३५ लाख आर्थिक सहयोगमा हुम्ला कर्णाली नदीमा ६० मिटर लम्बाई बेलिब्रिज बन्न थालेपछि खत्याड गाउँपालिकाका स्थानीय जनप्रतिनिधि खुसी देखिएका छन् । उक्त पुल निर्माण कार्यको ठेक्का लिएको जल्पा रविचक्र जेबीले फागुन पहिलो साताभित्र काम सक्ने तयारी गरेको छ ।

सुकाढिक झुगलामा बनेको बेलिब्रिजले कर्णाली करिडोर र खत्याड गाउँपालिकाको सडक सम्बन्ध विस्तार हुने पालिकाका अध्यक्ष अजबहादुर शाहीले भने फागुन पहिलो सातामा उक्त बेलिब्रिज प्रयोगमा आएर सवारी साधन चल्नेछन् ।

सुकाढिक झुगलादेखि निमालबोटसम्म सडक निर्माण भइसकेको हुँदा कर्णाली करिडोरबाट आएका सवारीसाधन रातापानी, गम्था हुँदै निमालबोटसम्म पुग्ने अध्यक्षको भनाइ छ ।

प्रकाशित : माघ २२, २०७९ १२:१८
प्रतिक्रिया
पठाउनुहोस्

तोलामा दुई हजारले घट्यो सुनको मूल्य

कान्तिपुर संवाददाता

काठमाडौँ — सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो दिन भएको कारोबारको तुलनामा प्रतितोला दुई हजार रुपैयाँले घटेको छ । अधिल्लो दिन प्रतितोला एक लाख छ हजार एक सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला एक लाख चार हजार एक सय रुपैयाँ तोकिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख तीन हजार छ सय रुपैयाँ छ । अघिल्लो दिन उक्त सुन एक लाख पाँच हजार छ सय रुपैयाँ थियो । त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला ४५ रुपैयाँ घटेर एक हजार तीन सय २० रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।

महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको आधारमा यहाँ दैनिक सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ ।

प्रकाशित : माघ २२, २०७९ १२:०८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×