दैलेखमा गाडी दुर्घटना, १३ यात्रु घाइते

ज्योति कटुवाल

सुर्खेत — दैलेखको चामुन्डा बिन्द्रासैनी नगरपालिका ७ को रामाघाटमा मंगलबार गाडी दुर्घटना हुँदा १३ जना यात्रु घाइते भएका छन् । सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०१६६ नम्बरको फोर्स गाडी दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख भुवनेश्वर शाहका अनुसार उक्त गाडी सडकबाट करिब ८० मिटर तल खसेको थियो । दुर्घटनामा घाइते भएका सबैको अवस्था गम्भीर रहेको पनि प्रहरीले जनाएको छ ।

अहिले स्थानीय स्वास्थ्य संस्थामा उनीहरूको उपचार भइरहेको छ । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको शाहले जानकारी दिए ।

प्रकाशित : माघ १७, २०७९ १८:४६
प्रतिक्रिया
पठाउनुहोस्

प्रचण्डलाई एमालेबाट टुटाएर कांग्रेसतिर ल्याउन जोड गरिरहेका छौं : नेता पौडेल

सम्झना रसाइली

तनहुँ — नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले एमाले नेतृत्वको गठबन्धनबाट टुटाएर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कांग्रेसतिर ल्याउने कोसिस भइरहेको बताएका छन् । 

शहीद सप्ताहको अवसरमा कांग्रेस तनहुँले मंगलबार दमौलीमा गरेको वर्तमान अवस्थामा नेपाली कांग्रेसको भूमिका विषयक अन्तरक्रियामा नेता पौडेलले भने, 'प्रचण्डलाई एमालेसँगको गठबन्धन टुटाएर आफूतिर ल्याउन कांग्रेसले जोड गरिरहेको छ ।' उनले अहिले कांग्रेसको मुख्य ध्यान राष्ट्रपति प्राप्ति भएको समेत बताए ।

निर्वाचन आयोगले फागुन २५ गते राष्ट्रपति निर्वाचनको मिति तय गरेको छ । राष्ट्रपतिको विषयमा राष्ट्रिय सहमति खोजिने माओवादी केन्द्रको निर्णय छ । तर, एमालेले सत्ता गठबन्धनभित्रको सहमतिअनुसार आफ्नो दलले राष्ट्रपतिको उम्मेदवार बनाउनुपाउनु पर्ने बताइरहेको छ ।

प्रकाशित : माघ १७, २०७९ १८:३८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×