कर्णाली सभामुख गुरुङद्वारा पार्टी सदस्यता परित्याग- कर्णाली - कान्तिपुर समाचार

कर्णाली सभामुख गुरुङद्वारा पार्टी सदस्यता परित्याग

ज्योति कटुवाल

सुर्खेत — कर्णाली प्रदेशकी सभामुख नन्दा गुरुङले पार्टी सदस्यता परित्याग गरेकी छन् ।  एक विज्ञप्ति जारी गर्दै बुधबार उनले पदको भूमिकालाई स्वतन्त्र, निष्पक्ष, मर्यादित र विश्वसनीय बनाउन पार्टीको सम्पूर्ण जिम्मेवारीबाट अलग भएको बताएकी छन् । 


नेकपा एमालेको प्रदेश कमिटी सदस्य रहेकी गुरुङ सत्ता गठबन्धनका तर्फबाट माघ १ गते सभामुखमा निर्वाचित भएकी थिइन् ।

जारी विज्ञप्तिमा सभामुख गुरुङले सभामुख पदमा रहँदा साझा भूमिका निभाउनुपर्ने भएकाले संवैधानिक प्रावधानप्रति प्रतिबद्ध हुँदै आबद्ध रहेको दल नेकपा एमालेको सम्पूर्ण जिम्मेवारीबाट टाढा रहेको बताइएको छ ।

प्रकाशित : माघ ११, २०७९ १५:०१
प्रतिक्रिया
पठाउनुहोस्

कर्णालीमा मन्त्रालय भागबन्डा : माओवादी ४, एमालेलाई ३

ज्योति कटुवाल

सुर्खेत — कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच मन्त्रालयको भागबन्डामा सहमति जुटेको छ । सत्ता गठबन्धन दलहरूबीच मंगलबार बसेको बैठकले मन्त्रालय भागबन्डा टुंगो लगाएको हो ।

सहमति अनुसार माओवादी केन्द्रलाई मुख्यमन्त्रीसहित ४ मन्त्रालय र एमालेको भागमा आर्थिक मन्त्रालयसहित ३ मन्त्रालय परेको छ ।

माओवादी केन्द्र :

१) मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालय

२) भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय

३) आन्तरिक मामिला तथा कानुन मन्त्रालय

४) भूमि, व्यवस्था, कृषि तथा सहकारी विकास मन्त्रालय

एमाले :

१) आर्थिक मामिला तथा योजना मन्त्रालय

२) सामाजिक विकास मन्त्रालय

३) उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय

प्रकाशित : माघ १०, २०७९ १८:५५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×