सल्यानमा आफ्नै मामाद्वारा भान्जाको हत्या- कर्णाली - कान्तिपुर समाचार

सल्यानमा आफ्नै मामाद्वारा भान्जाको हत्या

विप्लव महर्जन

सल्यान — सल्यानमा धारिलो हतियार प्रयोग गरेर आफ्नै मामाले ८ वर्षीय भान्जाको हत्या गरेका छन् । जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका १० माझकाँडाका २४ वर्षीय डम्मर पुरीले ८ वर्षका भान्जा भिजन घर्तिलाई आइतबार दिउँसो धारिलो हतियार प्रयोग गरी हत्या गरेका हुन् । 


गिरीले घर नजिकैको मन्दिरभित्र लगेर भान्जाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरीक्षक दामोदर केसीले बताएका छन् । गिरीले भान्जाको शरीरबाट टाउको अलग पारेको उनले जानकारी दिए ।

उनका अनुसार मानसिक सन्तुलन ठिक नभएका गिरीलाई हतियारसहित प्रहरीले नियन्त्रणमा लिएको छ । भान्जाको हत्या गरेका गिरीले शव मन्दिरभित्रै खाल्डा खनी गाडेको प्रहरीले जनाएको छ । अहिले घटनास्थल सुरक्षित राखिएको र थप अनुसन्धान भइरहेको प्रनाउ केसीले बताए ।

हत्याको कारण खुल्न नसके पनि मानसिक सन्तुलन गुमाएकै कारण हत्या गरेको हुन सक्ने बुझिए पनि हत्या गर्ने गिरी मानसिक रोगी भए नभएको स्वास्थ्य परीक्षणपछि मात्र खुल्ने उनले जानकारी दिए ।

उनका अनुसार स्थानीयले फोनमार्फत खबर गरेपछि घटनाबारे खुलेको थियो ।

प्रकाशित : माघ १, २०७९ १८:१३
प्रतिक्रिया
पठाउनुहोस्

ट्रकको ठक्करले सल्यानमा दुई जना घाइते

विप्लव महर्जन

सल्यान — ट्रकले मोटरसाइकलालाई ठक्कर दिँदा शनिबार बिहान सल्यानमा दुई जना गम्भीर घाइते भएका छन् ।

दाङको तुलसीपुरदेखि सल्यानको थारमारेतर्फ जाँदै गरेको रा १ क १०८९ नम्बरको ट्रकले विपरीत दिशाबाट गइरहेको रा २ प ५१२४ नम्बरको मोटरसाइकललाई राप्ती राजमार्ग अन्तर्गतको छत्रेस्वरी गाउँपालिका–६ कल्लेखोला नजिकै ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जना गम्भीर घाइते भएका हुन् ।

गम्भीर घाइते हुनेमा त्रिवेणी गाउँपालिका ३ लोटाउने निवासी वर्ष २३ का चालक सन्तोष बुढाथोकी र वर्ष १९ का रामबहादुर बुढाथोकी रहेका जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक दामोदर केसीले बताए । गम्भीर घाइते दुवैलाई जिल्लाको शारदा नगरपालिका १ श्रीनगरस्थित कर्णाली प्रदेश अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगन्ज लगिएको उनले जानकारी गराए ।

उनका अनुसार ट्रक र चालक तुलसीपुर उपमहानगरपालिका ९ बेलवा घर भएका वर्ष २५ का घनश्याम केसीलाई प्रहरीले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय लुहाममा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।

प्रकाशित : पुस ३०, २०७९ १२:११
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×