कर्णालीका मुख्यमन्त्री शर्माद्वारा पदभार ग्रहण 

ज्योति कटुवाल

काठमाडौँ — कर्णालीका नवनियुक्त मुख्यमन्त्री राजकुमार शर्माले पदभार ग्रहण गरेका छन् । मुख्यमन्त्री शर्माले सुर्खेतको वीरेन्द्रनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगी बिहीबार अपराह्न पदबहाली गरेका हुन् ।

कर्णालीका मुख्यमन्त्री शर्माद्वारा पदभार ग्रहण 

उनले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम बिहीबार नै प्रदेश प्रमुख तिलक परियारसमक्ष पद तथा गोपनियताको शपथ लिएका थिए ।

मुख्यमन्त्री शर्मा रुकुमपश्चिम (२) बाट निर्वाचित सांसद हुन् । उनले आजै आफ्नो मन्त्रिपरिषद्‌मा दुई मन्त्री नियुक्त गरेका छन् । नेकपा माओवादी केन्द्रबाट मुगुका मंगलबहादुर शाही र नेकपा एमालेबाट दैलेखका विनोदकुमार शाह बिनाविभागीय मन्त्री बनेका हुन् । उनीहरुलाई पनि मुख्यमन्त्री शर्मासँगै प्रदेश प्रमुख परियारले पद तथा गोपनियताको शपथग्रहण गराए ।

माओवादी केन्द्रका शाही मुगु प्रदेशसभा (२) बाट र एमालेका शाह दैलेख निर्वाचन क्षेत्र २ प्रदेश भा (२) बाट निर्वाचित हुन् ।

माओवादी केन्द्रका नेता शर्मालाई संविधानको धारा १६८ को उपधारा (२) बमोजिम बुधबार प्रदेश प्रमुख परियारले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । मुख्यमन्त्री शर्मालाई माओवादीका १३, एमालेका १०, राप्रपा र एकीकृत समाजवादीका १/१ गरी जम्मा २५ जना सांसदको समर्थन रहेको छ ।

प्रकाशित : पुस २८, २०७९ १७:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?