कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

सल्यान जिल्ला अस्पतालमा शल्यक्रिया पुनः सुरु

विप्लव मर्हजन

सल्यान — सल्यान  जिल्ला अस्पतालमा दुई सातादेखि बन्द रहेको शल्यक्रिया सेवा सुचारु भएको छ । अस्पतालमा नयाँ विशेषज्ञ चिकित्सक आएपछि शल्यक्रिया र जटिल प्रसूति सेवा पुनः सञ्चालनमा आएको हो । 

सल्यान जिल्ला अस्पतालमा शल्यक्रिया पुनः सुरु

अस्पतालमा शल्यक्रिया सेवा सुचारु भएपछि सल्यानसहित रुकुम र रोल्पाका बिरामीलाई उपचारका लागि सजिलो भएको छ । विशेषज्ञ उपचार सेवा अवरुद्ध हुँदा बिरामी महँगो रकम खर्च गरी दाङ र नेपालगन्ज जान बाध्य थिए । २ साताअघि सरुवा भएर गएका एमडीजीपी डाक्टरको ठाउँमा उनीसरहकै चिकित्सक आएपछि शल्यक्रिया सेवा पुनः सञ्चालनमा आएको अस्पतालका डा. असिम प्रजापतिले बताए ।

चार जना मेडिकल अधिकृत कार्यरत रहेका अस्पतालमा एक विशेषज्ञ चिकित्सक थपिएपछि उपचार सहज भएको हो । अब अस्पतालमा अक्सिजन प्लान्ट जडान गरी भेन्टिलेटर र आईसीयू सेवा सञ्चालनको तयारी भएको स्वास्थ्य सेवा व्यवस्थापक दशरथ श्रेष्ठले बताए ।

‘थप चिकित्सक थप्ने तयारी गरेका छौं,’ उनले भने, ‘भर्खरै १५ शय्याको अस्पताललाई ४० बेडमा रूपान्तरित गरेका छौं ।’ अस्पतालमा अहिले १ सयदेखि १ सय ५० जना बिरामीले दैनिक उपचार सेवा लिइरहेका छन् ।

प्रकाशित : मंसिर २९, २०७८ ०९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?