कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हिमपातले गाउँमै थुनिए लिमीवासी

नियुक्ति अशोभनीय, सुशासन ऐनको भावना, सर्त र लोकतान्त्रिक पद्धति प्रतिकूल रहेको भन्दै कांग्रेसनिकटकै विरोध
कृष्णप्रसाद गौतम

सुर्खेत — कात्तिक पहिलो साता नाम्खा–६ लिमीमा झन्डै ३ फिट हिउँ पर्‍यो । पहिलेको हिउँ नबिलाउँदै पाँच दिनअघि फेरि झन्डै १ फिट हिमपात भएपछि लिमीवासी गाउँमै थुनिएका छन् । लिमीसँग हिमपातको समयमा बर्सेनि अन्य गाउँका बासिन्दासँग सम्पर्कविच्छेद हुन्छ । त्यसैले लिमीका बासिन्दाले हिउँ पर्नुअघि नै गाउँ छोड्छन् । तर यो वर्ष कात्तिक पहिलो साता नै हिउँ परेपछि स्थानीयले गाउँ छाड्न पाएनन् ।

हिमपातले गाउँमै थुनिए लिमीवासी

हुम्लाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले एक सातादेखि लिमीसँगको सम्पर्कविच्छेद भएको बताए । ‘गत वर्षसम्म घरकुरुवा मात्र छोडेर लिमीका बासिन्दाले गाउँ छोड्थे,’ उनले भने, ‘तर अहिले सबै गाउँमै छन् ।’

उनीहरूले हिमपातको समयमा चाहिने खाद्यान्न र अन्य आवश्यक सामग्री जोहो गरिसकेकाले खासै समस्या भने नभएको आचार्यको भनाइ छ । ५ दिनअघि सदरमुकाम सिमकोटमा पनि हिमपात भएको थियो । सदरमुकामको तापक्रम अहिले माइनस ५ डिग्रीमा झरेकाले लिमीको तापक्रम माइनस १२ सम्म पुगेको उनको अनुमान छ ।

लिमी समुद्र सतहदेखि झन्डै ३ हजार ८ सय मिटरको उचाइमा छ । लिमीभन्दा झन्डै डेढ सय मिटर तलको नेपाल–चीन सीमास्थित हिल्साको सशस्त्र प्रहरीको बीओपी पनि तीन दिनदेखि सम्पर्कविहीन छ । त्यहाँ सम्पर्कका लागि इन्टरनेट डिभाइस जडान गरिएको भए पनि धेरै चिसोमा सञ्चार सेटले काम गर्दैन । हिल्सामा अहिले ६ जना होटल कुरुवा मात्र भएको सशस्त्र प्रहरीले जनाएको छ । उनीहरू हिल्साका झन्डै ३५ वटा होटल कुर्न बसेका हुन् ।

लिमीमा तिल, हल्जी र तिल गाउँ छन् । हल्जीमा ८०, जाङमा ३० र तिलमा २५ परिवारको बसोबास छ । प्रमुख जिल्ला अधिकारी आचार्यका अनुसार हल्जीमा मात्र भिस्याट फोन छ । त्यो फोन नलाग्दा त्यहाँको अवस्था थाहा हुन नसकेको उनले बताए । अहिले लिमीमा अहिले झन्डै ६ सय जना रहेको अनुमान छ ।

‘सदरमुकामबाट जाने सबै बाटो पुरिएपछि गाउँ नै सिलबन्दीमा परेको छ,’ उनले भने, ‘लिमी जान हिल्साबाट नाङमा र सदरमुकाम सिमकोटबाट न्यालु लेक पार गर्नुपर्छ ।’ झन्डै ५ हजार मिटर उचाइका दुवै लेकहरूमा कम्तीमा ५ फिट हिउँ परेकाले बाटोहरू पुरिएको छ । लिमीबाट गाउँपालिकाको केन्द्र यलबाङ पुग्न दुई दिन र सदरमुकाम सिमकोट पुग्ने पाँच दिनको पैदल दूरी छ ।

प्रकाशित : मंसिर २३, २०७८ ०७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?