कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै

चाँदनी कठायत

वीरेन्द्रनगर — कर्णाली प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीले मंगलबार विश्वासको मत लिँदैछन् । दिउँसो १ बजे बस्ने प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको मत लिनेछन् ।

कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै

गत कात्तिक १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका मुख्यमन्त्री शाहीले नियुक्त भएको अठ्ठाइसौँ दिनमा विश्वासको मत लिन लागेका हुन् ।

संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्रीको शपथ लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सत्ताको नेतृत्व हस्तान्तरण गरेपछि कांग्रेस संसदीय दलका नेता शाही मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

एमाले सहभागी नहुने

मुख्यमन्त्रीले विश्वासको मत लिए पनि संसद्को प्रमुख प्रतिपक्ष दल नेकपा एमाले भने अनुपस्थित हुने भएको छ । सबै सांसदहरु एमालेको जारी दसौं राष्ट्रिय महाधिवेशनमा भाग लिन चितवन पुगेका कारण आफूहरु सहभागी हुन नसक्ने एमाले संसदीय दलका नेता यामलाल कँडेलले जानकारी दिए ।

एमाले अनुपस्थित भए पनि संसद् बैठक चल्नेछ । मुख्यमन्त्रीले विश्वासको मत नलिदा संवैधानिक जटिलता आउने भन्दै बैठक चल्ने सभामुख राजबहादुर शाहीले बताए ।

प्रकाशित : मंसिर १४, २०७८ ११:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?