चाँदनी कठायत

अस्पतालमा छैन पूर्वाधार

लेकबेंसी नगरपालिका १ का ५ वर्षीय सर्जक केसीलाई दुई वर्षअघि सर्पले टोकेपछि तत्काल अस्पताल पुर्‍याउन नसक्दा उनको मृत्यु भयो । लेकबेंसीबाट मेहेलकुना अस्पताल नजिक पर्ने भए पनि समयमै एम्बुलेन्स नपाउँदा उनको मृत्यु भएको हो । केही महिनाअघि भेरीगंगा ९ की चन्द्रकला सुनारलाई सुत्केरी व्यथाले च्यापेपछि शल्यक्रिया गरी बच्चा निकाल्नुपर्ने भयो । तर घरनजिक रहेको मेहेलकुना अस्पतालमा शल्यक्रिया कक्षमा चिकित्सक थिएनन् ।

संस्कृति संरक्षणमा युवा

गीत नगाएरै मयुरका प्वाँखबाट बनाइएका गरुवा लगाएर नाचिन्छ मयुरनाच  । गीत गाईँदैन, तर मादल, डमरु, डुंग्री, पैजन, बाँसुरी र झ्याली बजाएर विभिन्न तालमा मयुर नाच देखाइन्छ  ।

बढ्यो सवारी चाप : ट्राफिक व्यवस्थापन अस्तव्यस्त

वीरेन्द्रनगर नगरपालिका ८, इत्रामका विक्रम रोकाय केही महिनाअघि मोटरसाइकल दुर्घटनामा घाइते भए । जुम्लारोडमा रहेको आफ्नो पसलबाट घर फर्किने क्रममा मुख्य सडकमा गाडीको चाप बढी देखेपछि उनी भित्री कच्चीबाटो घर फर्कन खोज्दा दुर्घटनामा परे । 

भेरी–बबईले सुकुम्बासीको बिचल्ली

लेकबेंसी नगरपालिका–१ का राजु थापा ०२९ मा दशरथपुरबाट लेखफर्साको छोटेमा बसाइँ सरे  । घरजग्गा नभएका उनले भेरी किनारस्थित जंगल फँडानी गरी जग्गा उपभोग गरे  ।

सकियो दसैं, फर्किएनन् कर्मचारी

दसैं बिदा सकिए पनि कर्मचारी नफर्किदा कर्णालीका सरकारी कार्यालय सुनसान बनेका छन् । कर्मचारी अभावले सरकारी कार्यालयको कामकाज सुचारु नहुँदा सेवाग्राही सास्ती भोग्न बाध्य छन् । 

चाँदनी कठायतका लेखहरु :

टिकट पाउनै मुस्किल

कालीकोट, शुभकालीका गाउँपालिका–२ का हरिबिक्रम सिंह घर जाने टिकटका लागि सुर्खेत बसपार्कमा चार दिनदेखि लगातार धाइरहेका छन्  । सुर्खेत क्याम्पस (शिक्षा) मा स्नातक तह तेस्रो वर्षमा अध्ययनरत उनी डेढ वर्षपछि दसैं मनाउन घर जाने तयारीमा छन्  ।

व्यापारीको मनपरी

गत सोमबार बजार अनुगमन टोलीले वीरेन्द्रनगर हटियास्थित मासु पसलमा ढक तथा तराजुको अनुगमन गर्‍यो । अनुगमनमा मासु पसलमा राखिएका ढकमा चुम्बकसमेत टाँसेर ठगी गरिरहेको पाइयो । हेमराज, भरत, सञ्जीव, विष्णु मासु पसल, स्वस्थ फ्रेस हाउस, सफा मासु पसल, दाजुभाइ राँगा मासु पसललगायतबाट अनुगमन टोलीले ढक तराजु बरामद गरेको छ ।

अहेब र जेटिए नै वडासचिव

जाजरकोटका गोविन्दबहादुर सिंह पशु प्राविधिक हुन् । निजामतिको पशुसेवातर्फका कर्मचारी उनी अहिले बारेकोट गाउँपालिका–६ का वडासचिव छन् । यसले एकातिर उनको मुख्य जिम्मेवारी प्रभावित भएको छ भने अर्कोतिर सचिवको प्रशासनिक जिम्मेवारी सहज रुपमा निर्वाह गर्न समस्या भइरहेको छ ।

च्याङ्ग्रा खोज्न हिमाली जिल्ला

दसैँ नजिकिएसँगै भेडाच्याङ्ग्रा खरिदका लागि व्यापारी हिमाली जिल्लातिर उक्लिन थालेका छन् । दसैं–तिहारमा मासुको खपत बढी हुने भएकाले भेंडाच्याङ्ग्रा खरिद गर्न व्यापारीहरू कर्णालीका मुगु, हुम्ला र डोल्पा तथा सुदूरपश्चिमको बाजुरा, डडेल्धुरासम्म पनि पुग्न थालेका हुन् ।

‘संविधानले खोजेर माननीय बनायो’

रैथाने ‘मुगाली’ लवज । भोटे पोसाकमा सजिएर झोवा विक जब रोस्ट्रममा उभिन्छिन्, कर्णाली प्रदेशसभा स्वस्फूर्त मुस्कुराउँछ । उनी राजनीतिका कुरा गर्दिनन् न त राजनीतिक आरोप–प्रत्यारोपमै उत्रिन्छिन् । बरु गाउँ जाँदा जनताले सुनाएका गुनासा राख्छिन् । भन्छिन्, ‘जनतालाई दु:ख छ, त्यो देख्दा मलाई दुख्छ तर सरकारलाई किन दुख्दैन ?’