कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कांग्रेसको जुम्ला सभापतिमा ५ भोट अन्तरमा कर्णबहादुर शाही निर्वाचित

काठमाडौँ — कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत जुम्ला सभापतिमा कर्णबहादुर शाही निर्वाचित भएका छन् । उनले निवर्तमान सभापति दिपबहादुर शाहीलाई ५ भोटले पराजित गर्दै जिल्ला सभापति बनेका हुन् ।

कांग्रेसको जुम्ला सभापतिमा ५ भोट अन्तरमा कर्णबहादुर शाही निर्वाचित

कर्णबहादुर यसअघि जिल्ला कार्यसमितिको सचिव थिए । निर्वाचन अधिकृत हसिना प्रधानले शाहीले ५ मतले जिल्ला सभापति जितेका जानकारी दिइन् ।

उनका अनुसार विजयी शाहीले ४७४ मत प्राप्त गरेका छन् भने अर्का प्रत्यासी शाहीले ४६९ मत प्राप्त गरेका छन् । अन्य पदहरूको भने अन्तिम परिणाम आइसकेको छैन ।

जिल्ला सभापतिमा निर्वाचित शाही सभापति शेरबहादुर देउवा निकट हुन् ।


प्रकाशित : मंसिर ८, २०७८ १२:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?