कांग्रेस महामन्त्री खड्काद्वारा महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी- कर्णाली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कांग्रेस महामन्त्री खड्काद्वारा महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी

कान्तिपुर संवाददाता

वीरेन्द्रनगर — नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका छन् । खुला पुरुषतर्फ उनले उम्मेदवारी दिएका हुन् ।

लामो समयदेखि प्रतिनिधिसभामा उक्त क्षेत्रबाट निर्वाचित हुँदैआएका महामन्त्री खड्का निर्वाचन क्षेत्र नम्बर १ कै बासिन्दा हुन् । करिब ९ सय प्रतिनिधि रहेको उक्त क्षेत्रमा उनको उम्मेदवारीलाई औपचारिक रुपमा मात्रै लिइएको छ । कांग्रेसका केन्द्रीय सदस्य हृदयराम थानीले भने महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका छैनन् ।

प्रकाशित : मंसिर ७, २०७८ १४:४९
प्रतिक्रिया
पठाउनुहोस्

महाधिवेशनमा नेपालका सवारीले बोक्न सक्ने जति मान्छे आउँछन् : ओली

कान्तिपुर संवाददाता

काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओलीले १० औं महाधिवेशनमा नेपालका सवारीले बोक्न सक्ने जति मान्छे आएने बताएका छन् । मंगलबार सम्पादकरहरुसँगको अन्तरक्रियामा अध्यक्ष ओलीले भने, 'विधान महाधिवेशन त साधारण पार्टीहरुले गर्ने जस्तो नै थियो । नेपालका सवारीले बोक्न सक्ने जति मान्छे आउँछन् । तिनीहरुले बोक्न भ्याउ सक्ने जति मानिस चितवनमा हुन्छन् । '

यस्तै, महाधिवेशनमा २ सत्र हुने उनले बताए । बन्द सत्रमा नेतृत्व चयनको काम हुने अध्यक्ष ओलीले बताए । विधान महाधिवेशनबाट देश बनाउने नीति पारित गरेका उल्लेख गर्दै अध्यक्ष ओलीले ती नीति कार्यन्वयनका लाई कस्तो नेतृत्व निर्माण गर्ने भन्ने कुरामा अर्को सत्र केन्द्रित हुने बताए ।

विधानमा महाधिवेशनमा जनसहभागितासहितको नगरेकाले अहिले अहिले जनपरिचालनसहित गर्ने उनको भनाइ थियो ।

प्रकाशित : मंसिर ७, २०७८ १४:४८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×