कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

मुगु आगलागी : ३५ करोड क्षति, ८० परिवार विस्थापित

राजबहादुर शाही

मुगु — मुगुको गमगढीमा सोमबार राति भीषण आगलागी हुँदा ३५ करोड ५५ लाख बराबरको धनमाल क्षति हुनुका साथै ८० परिवार विस्थापित भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मुगु आगलागी : ३५ करोड क्षति, ८० परिवार विस्थापित

२१ परिवारको २१ करोड २५ लाख तथा होटल, पसल र भाडामा बस्ने व्यक्तिसहितको १२ करोड ३० लाख गरी ३५ करोड ५५ लाख बराबरको सम्पत्ति पूर्ण रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक चित्र भट्टराईले जानकारी दिए ।

साथै भाडामा बस्दैआएका ८० परिवार विस्थापित भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। विस्थापित परिवारकै निवेदनका आधारमा क्षतिको विवरण यकिन गरिएको प्रहरीको भनाइ छ ।

घटनापछि कर्णाली प्रदेशका मुख्यमन्त्री मुख्यमन्त्री जीवनबहादुर शाहीको नेतृत्वमा भूमि तथा कृषि सहकारीमन्त्री चन्द्रबहादुर शाहीसहित ७ सदस्यीय प्रदेश सरकारको टोलीले राहत समग्री ल्याएर गमगढीको आगलागी स्थान निरीक्षण गरेको थियो।

मुख्यमन्त्री शाहीले आगलागी पीडित परिवारलाई प्रदेश सरकारले तत्काल गास, बास र पुनर्वासको पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । 'स्थानीय प्रदेश संघ सरकार छ । तपाइँलाई दुःख कष्ट गरी बस्न दिने छैनौं,' मुख्यमन्त्री शाहीले भने ।

मुख्यमन्त्रले मानवीय क्षति नहुनुमा पनि केही सकारात्मक पक्ष रहेको भन्दै धैर्य रहन आश्वासन दिएका थिए । मंगलबारदेखि जिल्ला प्रशासन कार्यालयले घर जलेका परिवारलाई १५ हजार नगद, ३ वटा कम्मल र भाडामा बस्ने परिवारलाई १० हजार नगदसहित ३ कम्मल राहत वितरण सुरु गरेको छ । यस्तै नेपाल रेडक्रस सोसाइटी मुगु शाखाले पीडित परिवारलाई कम्मल, पाल, भाडाकुडा लगायत सामग्री उपलब्ध गराएको छ ।

प्रकाशित : मंसिर १, २०७८ १५:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

हमाससँग युद्ध गरिरहेको इजरायलमा ८ सय नेपाली कामदार (केयर गिभर) पठाउने सरकारको तयारीबारे तपाईंको राय के छ ?

×