कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२५

डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्ष माओवादी प्रवेश

हरि गौतम

रुकुम पश्चिम — डोल्पाको डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्षसहित दुई दर्जन युवाले नेकपा माओवादी केन्द्र प्रवेश गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्ष तेम्बा गुरुङसहित दुई दर्जन युवालाई पार्टी प्रवेश गरेका हुन् ।

डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्ष माओवादी प्रवेश

गाउँपालिकाका अध्यक्ष गुरुङसहित १ नम्बर वडाध्यक्ष क्याल्पो भोटे थापा, २ नम्बर वडाध्यक्ष छोइक्याप भोटे, ३ नम्बर वडाध्यक्ष पाल्जाङ लामा र ६ नम्बर वडाका कार्यवाहक अध्यक्ष पेम्मा आङछुक गुरुङ पनि माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

यी जनप्रतिनिधि साथमा अरु युवाहरु माओवादी केन्द्रमा प्रवेश गरेको माओवादी केन्द्रले जनाएको छ । नेपाली सेनाको एमआई १७ हेलिकोप्टर मार्फत दाहालका साथमा अर्थमन्त्री जनार्दन शर्मा, पूर्व मन्त्री शक्तिबहादुर बस्नेत, सत्या पहाडीलगायतका नेताहरु उपल्लो डोल्पा पुगेका थिए ।

स्थानीयले दाहाल लगायतको टोलीलाई गाउँ विकासको लागि ६ बुँदे ज्ञापन पत्र समेत बुझाएका छन् ।

गाउँपालिका अध्यक्षलगायतले यसअघि नेकपा एमालेबाट उम्मेदवार बनेर चुनाव जितेका थिए ।

प्रकाशित : कार्तिक २४, २०७८ १६:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ भन्ने युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको भनाइबारे तपाईंको धारणा के छ ?