कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
सल्यान बस दुर्घटना

मृत्यु हुनेको संख्या १२ पुग्यो, १७ जनाको अवस्था गम्भीर

विप्लव महर्जन

सल्यान — सल्यानमा आइतबार भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ । जिल्ला प्रहरी कार्यालय सल्यानकाअनुसार मृत्यु हुनेमा १० महिला र २ पुरुष रहेका छन् ।

सल्यानबाट यात्रु बोकेर दाङ तुल्सीपुरतर्फ जाँदै गरेको रा १ ख २५५२ नम्बरको बस कपुरकोट गाउँपालिका-५ खारखोलामा दुर्घटनाग्रस्त भएको थियो ।

जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी गोविन्द थापाले दुर्घटनामा मृत्यु हुनेको संख्यामा १२ पुगेको बताए । 'मृत्युमा हुनेमा एक/एक जना बालक र बालिका छन्', डिएसपी थापाले भने, 'केहीको घटनास्थल र केही उपचार गर्न ल्याउन क्रममा बाटोमै मृत्यु भएको हो ।'

दुर्घटनामा तिहार मनाएर फर्किनेहरु दुर्घटनामा परेको डिएसपी थापाले बताए । थापाकाअनुसार २ जनाको सनाखत भएको छ ।छत्रेश्वरी गाउँपालिका २ का तिलक वली र घोहरी उप महानगरपालिका नारायणपुरका इन्द्रा भण्डारी रहेको प्रहरीले जनाएको छ । घाइते मध्ये १७ जनाको अवस्था गम्भीर र १० जना सामान्य अवस्थामा रहेका र उनीहरुको जिल्ला अस्पतालसहित सदरमुकाम खलंगाको स्वास्थ्य केन्द्रहरुमा उपचार भैरहेको छ । 'गम्भीर घाइतेहरुलाई थप उपचारका लागि नेपालगञ्जतर्फ हेलिकोप्टरमा लैजाने तयारी भैरहेको छ' थापाले भने ।

बस सडकबाट २ सय मिटर तल खोलामा बसेको र स्थानीय बासिन्दा र प्रहरीले उद्दार गरिरहेको छ । घटनास्थल सदरमुकाम खलंगाबाट १ घण्टाको दुरीमा छ ।

प्रकाशित : कार्तिक २१, २०७८ १५:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?