कर्णालीका मुख्य न्यायाधिवक्ता खनालद्वारा राजीनामा
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
वीरेन्द्रनगर — कर्णाली प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता मातृकाप्रसाद खनालले पदबाट राजीनामा दिएका छन् । खनालले व्यक्तिगत कार्यव्यस्तताको कारण देखाउँदै पदबाट राजीनामा दिएको पत्रमा उल्लेख गरेका छन् ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/reward-900x100-pxl-2462024072414.gif)
![कर्णालीका मुख्य न्यायाधिवक्ता खनालद्वारा राजीनामा](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2021/third-party/matrakita-khanal-removebg-preview-28102021114411-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/sathi-deposit-900-100-1262024124333.gif)
असोज ३१ गते खनालले दिएको राजीनामा बुधबार प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले स्वीकृत गरेका हुन् ।
प्रदेश सरकारको मुख्य कानुनी सल्लाहकारको रुपमा रहने मुख्य न्यायाधिवक्तामा नियुक्त भएका खनालले वर्षदिन नपुग्दै पदबाट राजीनामा दिएका हुन् ।
गतवर्ष चैत ६ गते मुख्य न्यायाधिवक्तामा नियुक्त भएका उनले ६ महिना २५ दिन काम गरे । यसअघि मुख्य न्यायाधिवक्ता विद्याभूषण मानन्धरले पनि कार्यकाल नसकिँदै पदबाट राजीनामा दिएका थिए ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-x-100-0172024023126.gif)
प्रतिक्रिया