कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०८

कर्णालीका मुख्य न्यायाधिवक्ता खनालद्वारा राजीनामा

चाँदनी कठायत

वीरेन्द्रनगर — कर्णाली प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता मातृकाप्रसाद खनालले पदबाट राजीनामा दिएका छन् । खनालले व्यक्तिगत कार्यव्यस्तताको कारण देखाउँदै पदबाट राजीनामा दिएको पत्रमा उल्लेख गरेका छन् ।

कर्णालीका मुख्य न्यायाधिवक्ता खनालद्वारा राजीनामा

असोज ३१ गते खनालले दिएको राजीनामा बुधबार प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले स्वीकृत गरेका हुन् ।

प्रदेश सरकारको मुख्य कानुनी सल्लाहकारको रुपमा रहने मुख्य न्यायाधिवक्तामा नियुक्त भएका खनालले वर्षदिन नपुग्दै पदबाट राजीनामा दिएका हुन् ।

गतवर्ष चैत ६ गते मुख्य न्यायाधिवक्तामा नियुक्त भएका उनले ६ महिना २५ दिन काम गरे । यसअघि मुख्य न्यायाधिवक्ता विद्याभूषण मानन्धरले पनि कार्यकाल नसकिँदै पदबाट राजीनामा दिएका थिए ।

प्रकाशित : कार्तिक ११, २०७८ १५:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पार्टी र नेताहरूको कार्यशैलीबारे आलोचनात्मक प्रतिवेदनसहित टिप्पणी गर्ने महामन्त्री मुकुल ढकाललाई निलम्बन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णयबारे के भन्नहुन्छ ?

×