कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

डोल्पाको सुलीगार्ड खोलामा खसेर युवती बेपत्ता

हरि गौतम

रुकुम पश्चिम — डोल्पाको छेप्कास्थित २६ वर्षीया युवती सुलीगार्ड खोलामा बेपत्ता भएकी छन् । शे फोक्सुण्डो ताल घुम्नका लागि पैदल हिँडेर गएकी सलिना बुढा खोलामा सखेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।


ठूलीभेरी नगरपालिका–३, की बुढा शे फोक्सुण्डो गाउँपालिका–९ मा पर्ने छेप्काबाट बुधबार बिहान खोलामा खसेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक राजु पाण्डेले बताए ।

घटनापछि नेपाल प्रहरी, नेपाली सेना र स्थानीयले उनको खोजी गरिरहेका छन् । ताल घुम्न भन्दै मंगलबार नै साथीहरुसँग घरबाट निस्किएकी बुढा सडकबाटै खोलामा खसेकी थिइन्।

प्रकाशित : कार्तिक १०, २०७८ १७:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?