कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कर्णालीमा अध्यादेशमार्फत लोकसेवा आयोग ऐन संशोधन

चाँदनी कठायत

वीरेन्द्रनगर — कर्णाली प्रदेश सरकारले अध्यादेशमार्फत कर्णाली प्रदेश लोकसेवा आयोग ऐन संशोधन गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सिफारिसमा मंगलबार प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले ‘प्रदेश लोकसेवा आयोग ऐन-२०७५ संशोधन गर्न बनेको अध्यादेश-२०७८’ जारी गरेका हुन् ।

प्रदेशसभा सञ्चालन नभएकाले सरकारले अध्यादेशमार्फत दोस्रो पटक संशोधन गरेको हो ।

प्रदेश सरकारले गत आइतबार ऐन संशोधन गर्न बनेको अध्यादेश जारी गर्न प्रदेश प्रमुखलाई सिफारिस गरेको थियो । संविधानको धारा २०२ को उपधारा (१) बमोजिम मंगलबार प्रदेश प्रमुख कलौनीले उक्त अध्यादेश जारी गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

दोस्रो पटक संशोधन गरिएको प्रदेश लोकसेवा ऐन २०७५ चैत २७ गते प्रदेशबाट पारित भएको थियो । उक्त ऐनमा त्रुटी देखिएपछि पहिलो पटक संशोधन गरिएको थियो । आयोग पहिलो संशोधन-२०७६ प्रदेशसभाबाट २०७७ जेठ ३० गते पारित भएको थियो । फेरि दोस्रो पटक ऐन संशोधनका लागि २०७८ जेठ ३ गते प्रदेशसभा सचिवालयमा दर्ता गरिएको थियो ।

प्रकाशित : कार्तिक १०, २०७८ १२:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?