कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

डोल्पामा जिप दुर्घटना, चालकसहित ९ घाइते

हरि गौतम

रुकुम पश्चिम — डोल्पाको ठूलीभेरी नगरपालिका–९ भित्तीमा यात्रुवाहक जिप दुर्घटना हुँदा चालकसहित ९ जना घाइते भएका छन् ।

डोल्पामा जिप दुर्घटना, चालकसहित ९ घाइते


आइतबार सवा ३ बजे डोल्पाको ठूलीभेरी नगरपालिका–९, भित्तीमा भे १ ज ९७५ नम्बरको जिप दुर्घटना भएको हो । ठूलीभेरी नगरपालिका–३, को दुनैबाट त्रिपुरासुन्दरी नगरपालिका–१, को सुपानेतर्फ जाँदै गरेको उक्त जिप र्दुघटनामा परी ९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक राजु पाण्डेका अनुसार गाडीको स्टेरिङ फेल भएर दुर्घटना परेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । अन्य ६ जनाको अवस्था भने सामान्य रहेको र उपचारका लागि सबैलाई जिल्ला अस्पताल दुनै पुर्‍याइएको छ ।

घाइते हुनेमध्ये हेटौंडा नगरपालिका मकवानपुरका ३८ वर्षीय विष्णु श्रेष्ठ, सोही ठाउँका ३८ वर्षीय अशोक सारु मगर र २२ वर्षीय बुद्धवीर लामाको अवस्था गम्भीर रहेको बताइएको छ ।

यस्तै ३९ वर्षीय सुरेश श्रेष्ठ, ३८ वर्षीय रमेश गौतम, ३६ वर्षीय सुशीलराज गिरी, ३१ वर्षीय जीवन शर्मा, ३८ वर्षीय किरण अधिकारी र जिप चालक डोल्पा जिल्ला ठूलीभेरी नगरपालिका–९, का २० वर्षीय जुनकोश शाही पनि घाइते भएका छन् ।

प्रकाशित : कार्तिक ७, २०७८ १७:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?