कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७

गमगढी–दर्खेखोला सडक हस्तान्तरण

कान्तिपुर संवाददाता

मुगु — मुगु–हुम्ला लिंकरोडअन्तर्गत गमगढीको रेडक्रसदेखि दर्खेखोलासम्मको ११ किमि सडक हस्तान्तरण गरिएको छ । ग्रामीण पहुँच कार्यक्रमले निर्माण गरेको ६७ किमि सडकमध्ये ११ किलोमिटर सडक बिहीबार कर्णाली प्रदेश सरकारलाई हस्तान्तरण गरिएको हो । 

कार्यक्रमले यसअघि निर्माण गरेको २६ किलोमिटर सडक सन् २०२० मा प्रदेश सरकारलाई हस्तान्तरण गरेको थियो । सडकको नियमित मर्मतसम्भार गर्ने गरी प्रदेश सरकारलाई बुझाइएको कार्यक्रमका परियोजना व्यवस्थापक विष्णुराम विष्टले बताए । उनका अनुसार चंखेलीदेखि हुम्लाको दार्म देउलीसम्मको ३० किमि सडक आगामी बैशाखसम्म पूरा गरी प्रदेश सरकारलाई हस्तान्तरण गर्ने लक्ष्य छ । सन् २०१८ देखि निर्माण सुरु गरिएको सडक निर्माणको काम आन्तिम चरणमा पुगेको उनले जानकारी दिए ।

अब सडक निर्माणको काम सक्न झण्डै २५ प्रतिशत काम बाँकी रहेको कार्यक्रमले जनाएको छ । सडक निर्माणको काम भएपछि हुम्ला र मुगुका झण्डै दुई दर्जन बस्तीहरू सडक सञ्जालमा जोडिएको जिल्ला पूर्वाधार कार्यालयका प्रमुख एकेन्द्र धरालाले बताए । उनका अनुसार स्थानीयलाई रोजगारी दिएर सडक निर्माण गर्दा विपन्न नागरिकले रोजगारीको अवसरसमेत पाएका छन् ।


प्रकाशित : आश्विन १७, २०७८ १२:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×