कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जाजरकोटमा विद्यालय भवन भत्किँदा नौ विद्यार्थी घाइते

हरिहरसिंह राठौर

जाजरकोट — पठनपाठन चलिरहेको बेला विद्यालय भवन भत्किँदा बारेकोटका नौ विद्यार्थी घाइते भएका छन् । बारेकोट—२, लिम्सास्थित वीरेन्द्र प्राथमिक विद्यालयमा अध्ययनरत नौ जना विद्यार्थी घाइते भएका हुन् ।

जाजरकोटमा विद्यालय भवन भत्किँदा नौ विद्यार्थी घाइते

बालविकास कक्षा संचालन हुँदै आएको उक्त भवनको कक्षा कोठाको गारो शुक्रबार दिउँसो एक्कासी भत्किएपछि भागदौडको क्रममा विद्यार्थी घाइते भएको शिक्षक कालीप्रसाद थापाले बताए । उनका अनुसार विद्यार्थीहरु हिम्मत सिंह, स्मृति शाही, दिप्सन नेपाली, विजया शाही, अतिथ नेपाली, अनिशा शाहीलगायत घाइते भएका छन् । उनीहरुको आधारभूत अस्पताल लिम्सामा उपचार भइरहेको छ ।

घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको सूचना प्राप्त भएको जिल्ला प्रहरी प्रमुख मधुकुमार थापाले बताए । तत्काल अन्य विद्यार्थी, शिक्षक र प्रहरीले घाइते विद्यार्थीको उद्धार गरेर अस्पताल पुर्‍याएका थिए ।

जीर्ण चुहिने भवन बिहीबार परेको पानीका कारण गारो भत्किएको प्रहरीको अनुमान छ ।

प्रकाशित : आश्विन १५, २०७८ १६:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?