जडिबुटी संकलनले मुगुमा जनगणना प्रभावित- कर्णाली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जडिबुटी संकलनले मुगुमा जनगणना प्रभावित

राजबहादुर शाही

मुगु — मुगूम कार्मारोङ गाउँपालिकाकास्थित माथिल्ल्लो बस्तीका स्थानीय जडिबुटी टिप्‍न वनपाखातिर गएपछि जनगणना प्रभावित भएको छ । 

चितै, मुगु, डोल्फू, कार्ति, किम्री, महलगायत बस्तीका अधिकांस स्थानीय घरको ढोका नै बन्द गरेर कटुकी, भोल्ते, चिराइतो, वन लसुन कोर्न हिमाली भेगतिर उक्लिएपछि घरदैलोमा पुगेका गणकलाई घरधुरी संकलन गर्न गाह्रो भएको हो ।

गाउँपालिकाको माथिल्लो बस्तीका स्थानीय जडिबुटी संकलन गर्न वनतिर जाँदा जनगणना कार्य प्रभावित भएको जिल्ला जनगणना अधिकारी कृष्णप्रसाद चौलागाईंले बताए । विशेष गरी मुगु गाउँका कोही स्थानीय घरमा नहुँदा गणकलाई विवरण संकलन गर्न कठिन भएको चौलागाईंले बताए ।

भदौ ३० गतेदेखि जिल्लामा पहिलो चरणको जनगणना कार्य सुरु गरिएको छ । उक्त जनगणनाको निम्ति जिल्लाको चारवटा स्थानीय तहमा ५ महिला र १५ पुरुष गरी २० जना जनगणक परिचालन गरिएको जिल्ला जनगणनाको कार्यालय जनाएको छ ।

प्रकाशित : आश्विन ५, २०७८ १६:०४
प्रतिक्रिया
पठाउनुहोस्

कुलमानविरुद्ध हितेन्द्रदेवको मुद्दामा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार 

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध पूर्व कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

घिसिङको नियुक्ति कानुन विपरीत भएको दाबी गर्दै शाक्यले दायर गरेको रिटमा सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले अन्तरिम आदेश दिन अस्वीकार गरेका हुन् ।

प्रधानन्यायाधीश जबराको एकल इजलासले मंगलबार अन्तरिम आदेश दिने कि नदिने भन्नेबारे सुनुवाइ गरेको थियो । सुनवाइपछि इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

शाक्यले आफूलाई कानुन विपरीत हटाएको र कुलमानलाई नियुक्त गरेको भन्दै साउन ३२ गते रिट दायर गरेका थिए ।

सरकारले साउन २७ गते घिसिङलाई प्राधिकरणमा नियुक्त गरेको थियो भने शाक्य ऊर्जा आयोगको सदस्यमा नियुक्त भएका थिए ।

प्रकाशित : आश्विन ५, २०७८ १५:५२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×