कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हाब्रेको छालासहित ४ जना प्रकाउ

ज्योति कटुवाल

सुर्खेत — सुर्खेत प्रहरीले संरक्षित सूचीमा रहेको हाब्रेको छालासहित शुक्रबार ४ जनालाई प्रकाउ गरेको छ । वीरेन्द्रनगरस्थित–७ मा रहेको एक होटलबाट छालासहित उनीहरुलाई प्रकाउ गरेको हो ।

हाब्रेको छालासहित ४ जना प्रकाउ

प्रकाउ प्रर्नेमा रास्कोट नगरपालिका–८ कालिकोटका २८ वर्षीय मनबहादुर बुढा, दैलख ठाँटीकाध गाउँपालिका–६ का ३३ वर्षीय विष्णु रावत, नारायण नगरपालिकाका–१० का २१ वर्षीय पूर्ण बस्नेत र २५ वर्षीय नरेन्द्र थापा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक कनक शाहीले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

प्रकाशित : आश्विन २, २०७८ १३:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?