पाँच दिनदेखि बेपत्ता दुई जना पुरुष मृत फेला

भीमबहादुर सिंह

जाजरकोट — पाँच दिनदेखि बेपत्ता दुई जना पुरुष मृत फेला परेका छन् । कुशे गाउँपालिका–५, दम्दालाका ४८ वर्षीय जीतबहादुर थापा र ५६ वर्षीय शाहिमल नेपाली मृत फेला परेका हुन् ।

घरदेखि आधा घण्टाको दुरीमा रहेको खेतमा धान गोड्न गएका उनीहरु गत साउन २४ गतेदेखि सम्पर्कविहीन भएका थिए । हराइरहेका थापा र नेपालीको खोजी गर्ने क्रममा शुक्रबार खेतदेखि २ सय मिटर तल खोलाको किनारमा शव फेला परेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक मधुकुमार थापाले बताए ।

खेतको कामबाट फर्किँदै गर्दा खोला तर्ने क्रममा बगेर मृत्यु भएको अनुमान गरिएको प्रहरी नायब उपरीक्षक थापाले बताए । मृतकको शवको पोष्टमार्टमका लागि सदरमुकामस्थित जाजरकोट अस्पतालमा ल्याउन लागिएको उनले बताए । पाचकाटिया प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थल पुगिसकेको उनले बताए । घटनास्थल सदरमुकामदेखि ३० किलोमिटर टाढा रहेको उनले बताए ।

प्रकाशित : श्रावण २९, २०७८ १७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?