नलगाड नगरपालिकाको कार्यालय स्थापनादेखि नै शाखा अधिकृत सुरेन्द्र सिंह निमित्त प्रमुख प्रशासकीय अधिकृत छन् । सदरमुकामस्थित भेरी नगरपालिकाको कार्यालयमा अधिकृत दलबहादुर घर्ती निमित्त प्रमुख प्रशासकीय अधिकृत छन् ।
माटोको ढिस्कोले पुरिएर शिवालय गाउँपालिका ९ की ४६ वर्षीया विर्मी वुढाको मृत्यु भएको छ । सडकको तारजाली कार्य गर्नका लागि जग खन्ने क्रममा माथिबाट खसेको ढिस्कोले पुरिएर बुढाको ज्यान गएको हो ।
नलगाड नगरपालिका–४ कालाचिउराका केशवबहादुर रावलले गत वर्ष आठ क्विन्टल मह बिक्री गरे तर यस वर्ष उनले ४० किलो मह पनि बेच्न पाएनन् । अघिल्लो साल ३ लाख रुपैयाँको मह बिक्री गरेका नलगाड–२ कल्पतका सेते बुढाले यो वर्ष ५० हजार रुपैयाँ पनि कमाउन सकेनन् ।
भेरी नगरपालिका–५, काफलचौरस्थित जाजरकोट बहुप्राविधिक शिक्षालयका विद्यार्थी भवनलगायत पूर्वाधार अभावमा खुला आकाशमुनि पढ्न बाध्य भएका हुन् । शिक्षकले बाँसको पोलमा सेतोपाटी झुन्ड्याएर लामो समयदेखि पढाउँदै आएका छन् ।
अज्ञात समूहले बिहीबार राति कर्णाली प्रदेशसभाका अर्थ तथा प्राकृतिक स्रोत समितिका सभापति गणेशप्रसाद सिंहको गाडी जलाइदिएका छन् । समितिका सभापति तथा कर्णाली प्रदेश सभाका सदस्य सिंह चढ्ने कर्णाली प्रदेश ००१ झ ००४० नम्बरको सरकारी गाडी भेरी नगरपालिका–७, पुन्मामा जलाइएको हो ।
कात्तिक पहिलो साता भेरी नगरपालिका–३ का कर्णबहादुर घर्ती मोटरसाइकल दुघर्टना परे । दुर्घटनामा घाइते भएका उनलाई जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि नेपालगन्ज रिफर गरियो । तर गम्भीर घाइते भएका उनले एम्बुलेन्स पाउन सकेनन् । पछि आफन्तले निजी गाडी १५ हजार रुपैयाँमा भाडामा लिएर उनलाई नेपालगन्ज पुर्याए ।
प्रथम जाजरकोट महोत्सवको अवसरमा भेरी नदीमा ६ वर्षअघि तामझामका साथ उद्घाटन गरिएको जलयात्रा (र्याप्टिङ) अलपत्र परेको छ । भेरी नदीको रिम्ना बजारदेखि जगतीपुरस्थित मटेलासम्म २० किलोमिटर दूरीमा र्याप्टिङ सञ्चालन गर्ने गरी सुरु गरिएको थियो ।
एक सातादेखि खेतमै रहेका कुशे गाउँपालिका–८ जिन्तालाका वीरबहादुर सिंहलाई एक छिनसमेत फुर्सद छैन । उनका छिमेकी कोषबहादुर दमाइ र गोरखबहादुर शाही पनि खेतमै व्यस्त देखिन्छन् ।
कर्णाली प्रदेश सरकारले कोरोनाविरुद्ध प्रतिकार्यका लागि दोस्रो चरणको तयारी सुरु गरेको छ । दैनिक रूपमा समुदायस्तरमै कोरोना संक्रमित फेला परिरहेका बेला सरकारले क्वारेन्टाइन हटाउनेदेखि कोरोनाको भ्याक्सिन बनेपछि निःशुल्क उपलब्ध गराउनेसम्म निर्णय गरेको छ । बुधबार बसेको कर्णाली प्रदेश विपद् व्यवस्थापनको वैठकले यस्तो निर्णय गरेको हो ।