कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७२

युवकलाई डोरीले बाँधेर कुटपिट गर्ने वडाध्यक्ष पक्राउ

भीमबहादुर सिंह

जाजरकोट — युवकलाई डोरीले बाँधेर कुट्ने वडाध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ । जुनीचाँदे गाउँपालिका वडा नम्बर २, मजकोटका १८ वर्षीय सर्पे दमाईलाई डोरीले बाँधेर कुटपिट गर्ने वडाध्यक्ष रामबहादुर नेपालीलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो ।

युवकलाई डोरीले बाँधेर कुटपिट गर्ने वडाध्यक्ष पक्राउ

प्रहरी चौकी पञ्चालाको प्रहरी टोलीले वडाध्यक्ष नेपालीलाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयतर्फ ल्याउँदै गरेको प्रहरी निरीक्षक खुमानन्द पाण्डेले बताए । घटनास्थल सदरमुकाम खलंगादेखि ७५/८० किलोमिटर टाढा भएकोले नेपालीलाई जिल्ला प्रहरी कार्यालयमा ल्याउन समय लाग्ने उनले बताए ।

वडाध्यक्ष नेपालीलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरी निरीक्षक पाण्डेले बताए । वडाध्यक्ष नेपालीले गत साउन १५ गते दाजु रमेश दमाईका छोराछोरीको पोषणभत्ता माग्न गएका सर्पेलाई डोरीले बाँधेर कुटपिट गर्नुका साथै ३ घण्टासम्म बन्धक बनाएका थिए ।

प्रकाशित : श्रावण २१, २०७८ १३:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?