कर्णालीमा जिप खस्यो, २ बेपत्ता, ३ जनाको उद्धार

गणेश चौधरी

टीकापुर — कर्णाली नदीमा जिप खस्दा २ जना बेपत्ता भएका छन् । जिपमा सवार ३ जनाको उद्धार गरिएको छ । कैलालीको कर्णाली चिसापानी–सोल्टा सडक खण्डको बाकाबाट जिप कर्णाली नदीमा खसेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार जिपमा सवार चन्द्रप्रकाश जोशी र रुपी जोशी बेपत्ता भएका छन् । १२ वर्षीया लक्ष्मी जोशी, ४ वर्षीया सावित्री जोशी र ३ वर्षीय भुवन जोशीको भने उद्धार गरिएको छ ।

बेपत्ताको खोजी जारी रहेको र ३ बालबालिकाको लम्कीमा सामान्य उपचारपछि कोहलपुर लगिएको जनाइएको छ । घटनास्थलमा भेटिएको कागजपत्रमा गाडी नम्बर बा ११ च ९३८ नम्बर लेखिएको पाइएको प्रहरीले जनाएको छ ।


प्रकाशित : श्रावण १५, २०७८ १६:०३
प्रतिक्रिया
पठाउनुहोस्

लुम्बिनी प्रदेशका ३ मन्त्रीको सांसद पद गुम्यो

अमृता अनमोल

बुटवल — लुम्बिनी प्रदेशका ३ जना मन्त्रीको सांसद पद गएको छ । जनता समाजवादी पार्टी(जसपा)बाट निलम्बित मन्त्रीहरु सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डे सांसद पदबाट मुक्त भएका हुन् ।

प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले शुक्रबार सूचना जारी गर्दै उनीहरु पदमुक्त भएको जानकारी दिएका हुन् ।

पाटीको नीतिविपरीत शंकर पोखरेल नेतृत्वको एमाले सरकारमा सहभागी भएको भन्दै उनीहरुलाई पार्टीले निष्कासन गरेको हो ।

मंगलबार जसपा केन्द्रीय कार्यकारीणी समितिले उनीहरुलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको थियो । त्यसका आधारमा जसपा संसदीय दलले बिहीबार प्रदेश सभामा उनीहरुलाई निष्कासन गरेको पत्र दर्ता गरेको थियो ।

प्रकाशित : श्रावण १५, २०७८ १५:५२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×