कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

चौरजहारीमा खाद्य डिपो

कान्तिपुर संवाददाता

रुकुम पश्चिम — खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चौरजहारीबाट पनि सरकारी अनुदानको चामल बिक्री गर्ने भएको छ । यसअघि रुकुम पश्चिमको सल्ले, आठबीसकोटको खदी, शोभागाउँ र तकसेराबाट चामल बिक्री हुँदै आएको थियो ।

चालु आर्थिक वर्षबाट भने चौरजहारी नगरपालिकाबाट पनि चामल बिक्री गर्ने निर्णय भएको निमित्त प्रमुख चन्द्रबहादुर खड्काले बताए । उनका अनुसार स्थानीय मागका आधारमा चौरजहारीबाट चामल बिक्रीको तयारी गरिएको हो । चालु आर्थिक वर्षमा चौरजहारीमा ७ सय ५० क्विन्टल चामलको कोटा निर्धारण भएको उनले जानकारी दिए ।

गत आर्थिक वर्ष २०७७/०७८ मा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ५ हजार क्विन्टल चामल बिक्री गरेको छ । सल्लेमा १ हजार क्विन्टलको कोटा तोकेकामा १ हजार ८ र स्यालाखदीमा १ हजार क्विन्टलको कोटा रहेकामा १ हजार ५ सय क्विन्टल चामल बिक्री भएको हो ।

त्यस्तै, शोभा र तकसेरा बिक्री केन्द्रबाट १ हजार क्विन्टलको तोकिएकामा १ हजार ८ सय क्विन्टल चामल बिक्री भएको छ । जिल्लाका ६ वटा सहकारीले पनि खाद्यको चामल गाउँमा लिएर सस्तोमा बेच्ने गरेको निमित्त प्रमुख खड्काले बताए । उनका अनुसार सहकारीले ८ सय क्विन्टल चामल बिक्री गरेका थिए ।

कम्पनीले दसैं, तिहार, छठ र लकडाउनको समयमा पनि सुपथ मूल्यमा चामल बिक्री गरेको थियो । दसैंमा २ सय क्विन्टल र लकडाउनको समयमा २ सय क्विन्टल चामल सुपथ मूल्यमा बिक्री भएको कम्पनीले जनाएको छ ।

प्रकाशित : श्रावण १४, २०७८ ०९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नौ वर्षमा १४ अर्ब खर्च भइसक्दा पनि चुरेमा विनाश बढीरहेको छ र मधेसमा खानेपानीको स्रोत समेत सुक्न थालेका छन् । यसबारे तपाईंको टिप्पणी के छ ?